धनगढी-कैलालीको लम्कीचुहा नगरपालिका कार्यालयअगाडि पनि शंकास्पद वस्तु फेला परेको छ। पूर्व–पश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिकाको कार्यालयअगाडि सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले नगरपालिका कार्यालयअगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली खटिएको जानकारी दिए।
यसअघि धनगढीमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा र सामाजिक विकास मन्त्रालयनजिकै भेटिएका शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।