कैलाली-कैलालीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन्। नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाले कैलालीका चार स्थानमा शंकास्पद वस्तु राखेको जनाइएको छ।
जसमध्ये तीन स्थानमा राखिएका शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ। विप्लव समूहले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका शंकास्पद वस्तु सेनाको टोलीले मंगलबार बिहान निस्क्रिय पारेको हो।
अमित मेडिसन डिष्टिव्युटर्स सुदूरपश्चिममा स्वास्थ्य सामग्री तथा उपकरण खरीद प्रकरणमा विवादित छ। सुदूरपश्चिम पश्चिम प्रदेश सभाकै अगाडि अमित मेडिसन डिष्टिव्युटर्स छ ।
यसैबीच, डडेलधुरा सम्वाददाताका अनुसार आफ्ना कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले मंगलबार सुदूरपश्चिम बन्द आह्वान गरेको छ ।
आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा लगाएर पक्राउ गरिएको समूहको सेती–महाकाली ब्यूरोले आज सेती महाकाली बन्दको आह्वान गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।