कैलाली–कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको स्कार्पियो गाडीमा रातिको समयमा आगजनी गरिएको हो।
घरको कम्पाउडभित्र पार्किङ गरेर राखिएको से १ झ २४१ नम्बरको गाडीमा अज्ञात समुहद्वारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
उक्त गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन्। आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको छ।
स्थानीयको सहयोगमा आगजनी नियन्त्रणमा लिइएकाले सँगै रहेको नगरप्रमुख चढ्ने गाडी भने जोगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।