• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विकासबारे के भन्थे बिपी?

64x64
बिपी कोइराला मंगलबार, साउन ६, २०७७  ०८:४३
1140x725

तपाईंहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिनँ। मेरो अन्त्यमा बोल्ने पालो परेकोले सुविधा पनि भएको छ, किनभने मैले भन्नुपर्ने कुराहरू पूर्ववक्ताहरूले भनिसक्नुभएको छ। म तिनै कुराहरूलाई फेरि दोहोर्‍याउँदिनँ र पञ्चायत मरिसकेको घोडा हो, त्यसलाई चाबुक मार्न पनि म चाहन्नँ।

जब म २०१७ सालतिर प्रधानमन्त्री थिएँ, त्यसबेला राजा महेन्द्रसँग बराबर बातचित हुन्थ्यो र म भन्थेँ, म एउटा निम्नमध्यम वर्गीय आर्थिकस्तरको मानिस हुँ, मेरो धारणा छ, १५ वर्षभित्रमा नेपालको प्रत्येक परिवारलाई मेरा जत्तिको आर्थिक अवस्थामा ल्याउन सकिएला। तर आज (२०३७ सालमा) २० वर्षपछि आइपुग्दा देशको आर्थिक अवस्था झन् नाजुक भएर गएको छ। योजना आयोगका तथ्यांक र अर्थशास्त्रीहरू बोलिरहेका छन् कि पाँचौँ पञ्चवर्षीय योजनाकालमा ५ प्रतिशत राष्ट्रिय उत्पादन बढाउने लक्ष्य राखिएकोमा केवल २ प्रतिशत मात्र उत्पादन बढ्यो र त्यसै अवधिमा जनसंख्या वृद्धिको दर भने २.३ प्रतिशत रह्यो। यसरी जनसंख्या वृद्धि दरसित तुलना गर्दा विकासको दर ०.३ प्रतिशतले घटेको देखिन्छ। तर विकासको दर केवल २.५ प्रतिशतले मात्र बढेको भए पनि अर्थशास्त्री र तथ्यांकशास्त्रीहरूले भन्ने थिए कि कमसेकम ०.२ प्रतिशत भने पनि विकासको दर बढेको छ।

तर विकास भनेको के हो? के यस्तो तथ्यांकले देखाउने विकास विकास हो? अथवा विकास कसको लागि हो? विकास गाउँमा भएको छ कि आँकडामा? एउटा–दुई वटा उदाहरण दिएर मेरो कुरा प्रष्ट गरुँ।

अस्ति म एउटा समारोहबाट फर्किदै थिएँ। त्यो समारोह भित्रको वातावरण र बाहिरको अड्याइएका ठूला–ठूला महँगा गाडीहरू देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मानिसहरू धेरै धनी भएछन्।

त्यसै दिन म पहाडतिरबाट यहाँ (काठमाडौं) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरूको कोठामा गएँ। उनीहरू चार–पाँच जना एउटै कोठामा बसेका थिए। जसमा सुकुल बिछ्याइएको थियो र त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो। उनीहरू त्यस्तैमा सुत्दा रहेछन्। बगलमा एउटा फोहोर होटेल थियो। जहाँ उनीहरू खान्थे। होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, त्यहाँ सफा र स्वास्थ्यकर भोजन दिइँदैन। त्यस दिनका ती दुई अनुभवले मलाई के लाग्यो भने यहाँ दुइटा नेपाल रहेछ। एउटा महँगा मोटरगाडी चढ्ने नेपाल र अर्को गाउँको गरिब नेपाल।

यी दुईटा दृश्यबाट म नेपालको विकासको बारेमा सोच्नेहरूलाई भन्न चाहन्छु– नेपालमा केही सडक बने, बिजुलीको उत्पादन भयो र हवाई यातायातको समेत विकास भयो। तर नेपालमा एभ्रो या जेट विमान चढ्ने कति छन्? बिजुलीको सुविधा कतिले उपभोग गर्न सक्छन्? अझ सडककै उपभोग कतिले गर्न पाएका छन्? काठमाडौंबाट विराटनगर जाने सडकमा प्रतिदिन ३–४ वटा बस यताबाट र ३–४ वटा बस उताबाट आउँछन् । त्यसमा ३–४ सय मानिस आवतजावत गर्लान् तर काठमाडौंबाट विराटनगर या उहाँबाट काठमाडौं ल्याउने लाने अरू सामान केही छ, जसको ढुवानीबाट त्यो सडकको उपयोग अरू ज्यादा गर्न सकियोस्।

त्यसकारण विकास भनेको केही ठूला घरहरू, होटलहरू, ठूला सडक, मोटरगाडी, हवाईजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्यांक पनि होइनन् भन्ने मलाई लाग्छ। विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसको लागि हो भन्ने प्रश्न समेत सोचेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ।

के नेपाल भनेको यहाँका चार–पाँच वटा सहर हो? कि नेपाल भनेको गाउँ हो? हामीले विकासका कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के गर्‍यो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ। यदि ठूलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ उसैले उपयोग गर्छ। जेट प्लेन गाउँलेले चढ्दैन, बिजुलीको प्रचूर प्रयोग गर्दैन। त्यसकारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ– तपाईंहरू भित्तामा राजाको तस्बिरसँगै नेपालको गरिब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्– यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ? म आज पनि त्यही प्रश्न सोध्दैछु।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले विकासका कुरा गर्दा अमेरिकाको नमूना देखाएर उदाहरण दिने गरेका छौं, जो एकदम गलत हो। यो गल्तीबाट कम्युनिस्ट देशहरू समेत मुक्त छैनन्। रुसले पनि आफ्नो औद्योगिक विकासको तथ्यांक या रेखाचित्र देखायो भने अमेरिकासित तुलना गरेर मात्र देखाउँछ। रुसको लागि पनि विकासको नमूना अमेरिका नै हो। अमेरिकाले यही शताब्दीको शुरुदेखि विकासको जुन नमूना देखाइदिएको छ त्यही आज संसारको सामु छ र सबै त्यसैको अनुशरण गर्दै छन्।

अब अमेरिकामा के छ भनेर कुरा गर्‍यौं भने, सबैलाई थाहा छ, अमेरिकामा संसारको ६ प्रतिशत जनता बस्दछन् र अमेरिकाले आफ्नो औद्योगिक विकासको संरक्षणका लागि स्वदेशी तथा विदेशी स्रोतहरू जम्मा गरी संसारको ३० प्रतिशत प्राकृतिक साधनहरू उपभोग गर्छ। अर्थात्, ६ प्रतिशतले संसारको पूरा स्रोतको ३० प्रतिशत खाइदिन्छ। यदि भारत र चीनको जनसंख्या दुवै जोड्ने हो र त्यो जनसंख्याले पनि अमेरिकी जनसंख्याकै अनुपातमा संसारको प्रसाधनहरू उपभोग गर्न थाल्ने हो भने संसारको शतप्रतिशत भन्दा पनि बढी प्रसाधनहरू तीनवटा मुलुकले मात्र खाइसक्छन्। अरूले के गर्ने, अरूलाई प्राकृतिक प्रशाधन खोइ?

यो खतरनाक कुरा हो कि हामीहरू हेनरिफोर्डले दिएकै नमुनालाई आफ्नो लक्ष्यका रूपमा अगाडि राखेर विकासका कुरा गर्छौं। ठिक छ, विकासको वृद्धिदर घट्यो भने त्यसमा काफी असन्तुष्ट हुने ठाउँ छ। तर त्योभन्दा पनि असन्तुष्ट हुनुपर्ने कुरा विकासको क्रमले ग्रामीण जनतालाई पछाडि छोडिदिएकोमा छ। आज हामी देशमा औद्योगीकरणको कुरा गर्छौं। औद्योगीकरण या सहरीकरण भनेको त्यस्तो केन्द्रिभूत प्रक्रिया हो जसले ग्रामीण जनताको बेवास्ता गरेर सहरको मात्र विकास गर्छ। पढाइ–लेखाइका लागि सहरै जानुपर्‍यो, ओखतिमूलोका लागि सहर, किनमेलका लागि सहर, मनोरञ्जनका लागि पनि सहर, सारांशमा सम्पूर्ण कुराहरू सहरमा मात्र छन्।

हामीले अहिलेसम्म यस्तै सहरको मात्र विकास गर्ने नमूनाहरूलाई लिएर योजनाहरू बनाएका छौं जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरूमा विदेशी मोटरगाडीहरू विदेशी कलपूर्जा र विदेशी तेलले चल्छन्– केवल उपभोक्ता मात्र स्वदेशी छन्। ती पनि मुठ्ठीभर। त्यसकारण हामीले सोध्नुपरेको छ– हाम्रो ग्रामीण किसानलाई त्यसले के गर्‍यो? हामीलाई त आज गाउँलेले चलाउन सक्ने प्रविधि चाहिएको छ अर्थात् हाम्रो किसानलाई कस्तो हलो चाहियो? हलोको वैज्ञानिकीकरण, उन्नत बिजको व्यवस्था गरेर, सिँचाइ पुर्‍याएर उसको कृषि उत्पादन कसरी बढाउन सकिन्छ र उत्पादनलाई कसरी बेच्न सकिन्छ? नेपाल जस्तो कृषिप्रधान देशमा यो भन्दा बढी सार्थक कुरा के हुन सक्छ?

Xtrem

Xtrem

अब म तपाईंहरूलाई नेपालको वर्तमान आर्थिक अवस्था र राजनीतिक भविष्यबारे दुई–तीन कुरा भन्न चाहन्छु।

२०१७ सालमा संसदीय व्यवस्था भंग गरेर पञ्चायती व्यवस्था लागू गरियो। आर्थिक विकासका लागि त्यसो गरिएको हो भन्ने नारा दिइयो। आर्थिक विकास भनेको प्राकृतिक जड स्रोतहरूको परिचालन गर्ने प्रक्रिया हो, जसद्वारा उपभोग्य वस्तुहरूको उत्पादन गरिन्छ। राजनीतिक विकास भनेको मानिसलाई परिचालन गर्ने प्रक्रिया हो। मानिसलाई विकासका निमित्त उत्प्रेरित गर्ने राजनीतिक संस्थाहरू हुन्छन्, जसका मार्फत उनीहरू विकास कार्यमा संलग्न हुन्छन्। २०१७ सालयता, गत २० वर्षमा मानिसलाई पनि प्राकृतिक स्रोतहरूलाई जस्तै गरी विकासका लागि परिचालित गर्न सकिन्छ भन्ने भ्रमात्मक धारणा लिएर विकास गर्न खोजियो। फलस्वरूप आज देश यो दुर्दशामा पुग्यो। वास्तवमा जड शक्ति–स्रोतहरूलाई भन्दा जनशक्तिलाई परिचालित गर्नु झन् गाह्रो छ। जनताको निहित स्वार्थ भएका राजनीतिक संस्थाहरू नभईकन जनता विकास कार्यका लागि उत्प्रेरित हुँदैनन्।

अमेरिकामा साधन, स्रोत र पुँजीलाई राष्ट्रको विकास कार्यमा कसरी कति प्रयोग गर्ने भन्ने मात्र प्रश्न छ। अर्थात् त्यहाँको समस्या बजेटको विनियोजनसित सम्बन्धित छ। स्वास्थ्य, शिक्षा, यातायात, प्रतिरक्षा, उद्योग, कृषि या अन्य क्षेत्रहरूमा कति रकम कसरी छुट्याउने भन्ने उनीहरूको प्रश्न हो। तर हाम्रो देशमा यी सब क्षेत्रमा विकास गर्नका लागि साधन, स्रोत र पुँजी कहाँबाट जुटाउने भन्ने समस्या छ। अरू स्रोत केही नभएको ठाउँमा केवल मानवीय शक्ति मात्र परिचालन गरेर विकास गर्ने कुरा आउँछ। त्यही मानवीय शक्तिलाई पनि जड शक्ति समान ठानेर विकासका लागि परिचालन गर्न खोजियो भने त्यसको परिणाम आज नेपालको जुन दुर्दशा छ त्यही हुन्छ।

आर्थिक विकास र राजनीतिक विकासको के कस्तो सम्बन्ध छ भन्ने कुरा मेरो भनाइको अर्को पक्ष हो। कुनै पनि ठाउँमा विशेषगरी नेपाल जस्तो ठाउँमा आर्थिक विकासको लागि परिचालित हुनसक्ने शक्ति मानवीय शक्ति नै हो भनेर मैले भनिहालेँ। त्यसलाई कुनै एक जनाको सक्रिय नेतृत्वमा परिचालन गर्न सकिन्छ भन्ने पञ्चायती व्यवस्थाका दार्शनिकहरूको सोचाइ छ। उनीहरूको दलिल छ– आखिर विकास प्रक्रियाको सञ्चालन गर्ने नेतृत्व एक न एक चाहिन्छ र त्यो राजाको सक्रिय नेतृत्वबाहेक केही हुन सक्दैन। हाम्रो प्रश्न छ– यदि यही मात्र एउटा उपाय हो भने राजा भएको ठाउँमा त राजाको नेतृत्वमा विकास गर्ने, तर राजा नभएका ठाउँमा विकासका लागि जनशक्ति परिचालन गर्ने नेतृत्व कसले गर्छ? सारांशमा हाम्रो भनाइ के हो भने विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकताहरू निर्धारण गर्छ। विकासका योजनाहरू उसैले बनाउँछ र तिनको कार्यान्वयन गर्न प्रेरित पनि हुन्छ– त्यो जनता हो।

सार्वजनिक या राष्ट्रिय महत्त्वको कुनै प्रश्नमाथि विवाद उठेमा जनताले निर्णय गर्छ। कसैको सक्रिय नेतृत्वले होइन। यसरी राष्ट्रिय महत्त्वका प्रश्नहरूको चुनावद्वारा निर्णय गर्ने अधिकार जनताको हो। त्यसकारण जनतालाई विकास कार्यका लागि उत्प्रेरित हुने राजनीतिक संस्थाहरूमध्ये एक मौलिक अधिकारहरूको प्रत्याभूति हो। मौलिक अधिकार भन्नाले बोल्ने, विचार गर्ने, आफ्नो विचार फैलाउने, संगठन गर्ने र समानताको आधारमा न्याय पाउने अधिकारहरू पर्छन्। समानताको आधारमा न्याय दिनका लागि अदालतले सरकारमाथि पनि न्याय गर्ने क्षमता राख्नुपर्छ। चाकरीद्वारा निर्मित अदालतले त्यस्तो क्षमता राख्दैन। दोस्रो, राष्ट्रको संचालन या प्रशासन जनताद्वारा छानिएका प्रतिनिधिहरूले गर्ने व्यवस्था हो। छान्ने या छानिने भन्ने बित्तिकै दुई (या त्यो भन्दा बढी) विचारधाराहरूमा एउटालाई छान्ने भन्ने कुरा आउँछ। त्यसकारण चुनाव भनेको आफ्नो विचार जनसमक्ष राखेर त्यसै विचार या सिद्धान्तका लागि मत प्राप्त गर्ने प्रकृया हो। यदि निर्वाचित जनप्रतिनिधिद्वारा शासन व्यवस्था चलाउने हो भने चुनावमा कुनै किसिमको छेकबार राख्नु बेठिक हुन्छ।

म पञ्चायतको घोर विरोधी भएकाले त्यसबापत अरूले जस्तै मैले पनि गत बीस वर्षमा अनेक दुःख कष्ट झेल्नुपर्‍यो। जे भए पनि म कुनै कुरालाई व्यक्तिगत आधारमा लिन्न। तर मलाई के लाग्छ भने जनअधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। राजनीतिमा दमन र आर्थिक क्षेत्रमा शोषण– म यी दुवै कुराको विरुद्धमा छु।

[त्रिभुवन विश्वविद्यालय, विद्यार्थी युनियनद्वारा आयोजित विचार गोष्ठीमा १२ साउन २०३७ मा दिएको भाषण। यो सामग्री ‘बिपी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता’बाट साभार गरिएको हो। – सम्पादक]

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०८:४३
  • #बिपी_कोइराला
  • #BP_Koirala

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बिपी कोइराला
लेखकबाट थप
विकासबारे के भन्थे बिपी?
कारागारमा सिर्जना: अवसर कि भ्रमका कुरा ?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्