• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कारागारमा सिर्जना: अवसर कि भ्रमका कुरा ?

64x64
बिपी कोइराला मंगलबार, साउन ६, २०७७  ०८:४०
1140x725

५ असार २०२१ (१८ जून, १९६४)
सुन्दरीजल

जेलमा लेख्न पढ्न या चिन्तनका लागि असीम समय पाइन्छ, त्यसो हुनाले बौद्धिक विकास कैदीहरुका लागि सुलभ हुन्छ भन्ने साधारण धारणा छ । झन् राजनीतिक बन्दीहरुलाई राजनीतिक विषयमा किताब लेख्ने मौका दिन्छ जेलजीवनले भन्ने पनि धारणा छ।

मलाई यी धारणाहरुको विरुद्ध अनुभव हुन लागिरहेको छ । यस्ता किसिमका धेरै धारणाहरु छन्, जो वास्तविक अनुभवको कसौटीमा चोखो सावित हुँदैनन्, तैपनि मानिसहरुको यस्तो Conservative वृत्ति हुन्छ कि एकचोटि बन्न गएको धारणालाई ऊ हतपती छोड्न सक्दैन। 

धारणामा विश्वास पनि एक प्रकारको बानी हो, जसले मानव मस्तिष्कमा जबर्जस्त अधिकार स्थापित गर्छ । मलाई लाग्छ, मानिसको सबभन्दा ठूलो दासता उसको मानसिक अभ्यासगतता (बानी) हो, जसले उसको बौद्धिक स्वतन्त्रतालाई सीमित पार्छ या एकदम त्यसको हरण गर्छ। 

मलाई जीवनमा, जबदेखि समस्याहरुका सम्बन्धमा म दिलचस्पी लिन थालेँ, सामाजिक विश्वास या साधारण जनधारणा र आत्म अनुभवमा, अनेक अवसरमा विरोध भएको पाइरहेको छु । साधारण मान्यताले एउटा कुरो भनेको छ, जसलाई अनुभवले काटेको छ । अनुभव एउटा कुरो भन्छ, मान्यताहरु अर्को कुरो। 

किनभने मान्यताहरुलाई शिक्षादीक्षाद्वारा मस्तिष्कमा यस्तरी गाडेर रोपिदिएको हुन्छ, हाम्रो मानसिक स्वभावको यस्तो अंग कि तिनका विरुद्ध प्राप्त भएको प्रत्यक्ष अनुभव पनि तिनका सामुन्ने असमर्थ प्रमाणित हुन्छन् । कमसेकम, त्यस्ता मान्यताहरु अनुभवको वेगले लोप हुँदैनन् । लाग्दछ, मस्तिष्कमा दुवै खिचातानी गर्न थाल्छन् । एउटाले अर्कोलाई कमजोर पार्छ- मान्यतालाई अनुभवले, र अनुभवलाई मान्यताले। 

यस खिचातानीमा मान्छे एउटा तनावको स्थितिमा रहन्छ र उसको कार्यशक्ति शिथिल हुन्छ । उसका सामुन्ने प्रश्न उठ्छ- कुन कुरो मान्ने?

साधारण मान्यताहरुको पनि महत्त्व छ, किनभने यिनका पछि पनि, यिनका आधार पनि, सामूहिक अनुभव नै हुन्- धेरैको अनुभवहरुको जमोट जस्ता हुन् यी मान्यताहरु । हो, यस्ता पनि मान्यताहरु छन्, जसको आधार अनुभव होइन, कुनै दृष्टिकोणको आधारमा कुनै नैतिक विश्वास या धार्मिक आस्था, या कुनै सामाजिक नियम र मर्यादालाई लक्षित गरेर, हुन गएका पनि धेरै मान्यताहरु छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यी दोस्रा कक्षाका मान्यताहरु पनि शिक्षादीक्षाको सामर्थ्यले हाम्रो मस्तिष्कमा गडेर रहेका हुन्छन् र तिनको विरुद्धको अनुभवको संघर्ष पनि उस्तै कठिन हुन्छ, जस्तो कि सामूहिक अनुभवको आधारमा खडा भएको मान्यताहरुका विरुद्धको संघर्ष। 

मानिसले मान्यताहरुको आधारभूत पार्थक्यलाई छुट्याउन सक्दैन । उसका लागि सबै साधारण धारणा या मान्यताहरु एउटै प्रकारका जस्ता लाग्छन् । यदि कुनै सहज उपाय हुँदो हो मान्यताहरुको आधारगत भिन्नताहरुलाई छुट्याउने, तब मानिस आफ्नो अनुभवको प्राधान्यलाई स्वीकार गर्न सक्थ्यो । त्यस्ता मान्यताहरु या त अनुभवमूलक छन् या सामाजिक । मानिसले अनुभवलाई प्रधानता दिन चाहन्छ, समाजभन्दा । कमसेकम सत्य असत्यको यथार्थ ज्ञानका लागि । तर, गाहारो त यसमा छ कि कुन मान्यता सामाजिक हुन्, कुन अनुभवमूलक। 

यसका साथसाथ अर्को प्रश्न उठ्छ- मानी पनि लिऊँ कि मान्यताहरुको आधारलाई छुट्याउन सकियो- यो जानियो कि कुन चाहिँ अनुभवमूलक हुन्, र कुन केवल सामाजिक । यो पनि स्वीकृत भयो भन्ने मानी लिऊँ कि अनुभवलाई प्रधानता दिनुपर्छ सामाजिक मान्यताभन्दा। 

अब प्रश्न उठ्छ- व्यक्तिगत अनुभव र सामूहिक अनुभवको आधारमा विस्तार-विस्तार धेरै कालदेखि खडा हुँदै गएको मान्यताको द्वन्द्वमा कसलाई प्रधानता दिने ? यो त निर्विवाद छ कि दार्शनिक दृष्टिबाट आत्म अनुभव सर्वोपरि हुन्छ । तर, के त्यो अनुभव भ्रमपूर्ण हुँदैन र ? अरुहरुको अनुभव- विशेष गरेर धेरैको अनुभवको मुकाबिलामा आत्म अनुभवलाई किन ज्यादा विश्वसनीय मान्नु? 

Xtrem

Xtrem

के कुरो लेख्न भनेर बसेँ, के लेख्तै गएछु । मेरो मस्तिष्कको असंगठनको लक्षण हो यो कि एउटा कुरो थालेर आर्को कुरालाई टिपेर एकातिर लाग्न थाल्छु म। 

अँ, त म लेख्तै थिएँ कि साधारण धारणा छ कि लेख्न-पढ्नलाई ठूलो मौका पाइन्छ जेलमा । मेरो अनुभवले यो धारणा भ्रमपूर्ण छ । जहाँसम्म केवल अध्ययन गर्ने कुरा छ- पढेर ज्ञान हासिल गर्ने- मलाई लाग्छ, जेलको अध्ययनको स्थायी मूल्य बडो कम्ती छ । विचारको अभिवृद्धि विचारबाट हुँदैन- विचारलाई विस्तृत हुनका लागि त्यसले Live गर्न सक्नुपर्छ । अर्थात्, जीवनमा त्यसको प्रयोग हुन सक्नुपर्छ। 

किताबी ज्ञान यदि त्यसले जीवनको ठोस धरातलमा उभिन पाएन भने, आकाशे कुरो हुन्छ । त्यो ज्ञान नभएर तथ्यांक संकलन अथवा (Information) को संकलन मात्र हुन्छ । त्यस्तो अध्ययनले विचारमा दृष्टि दिँदैन । मलाई लाग्छ, विचार र जीवनमा निरन्तर विवाद (Dialogue) संलाप (कथोपकथन) भइरहनुपर्छ । यसले जीवन त समृद्धिशाली हुन्छ हुन्छ, विचार पनि पुष्ट र हेतुयुक्त हुन्छ । शुद्ध किताबी ज्ञानले पेट त भर्छ, तर पोषण त्यसबाट प्राप्त हुँदैन । अहंकार मात्रै त्यसले बढ्न जान्छ । अर्को कुरा, त्यस्तो ज्ञानको उपयोगिता सीमित भएकोले मस्तिष्कमा त्यो परिमाणमा र अधिक कालसम्म आउँदैन पनि। 

जेलमा लेख्न भने सकिन्छ, समय यथेष्ट भएकोले । तर, त्यसमा पनि यसो हेरेर ल्याउँदा बन्दी जीवनबाट कति ठूलो साहित्यको सृष्टि हुन सकेको छ र मानव इतिहासमा ? जति संख्यामा मानिसहरु, ठूला-साना, जेल गए इतिहासमा, त्यसलाई विचार गर्दा उनीहरुको कलमबाट निस्केका रचनाहरुको त्यत्रो ठूलो महिमा छैन- न परिणाममा, न लेखनीको गुणको दृष्टिबाट नै।

विशेष गरेर राजनीतिक व्यक्तिहरुलाई जेलमा लेख्ने कुरा नै उपलब्ध हुँदैन, यद्यपि साधारण धारणा छ- कि राजनीतिक व्यक्तिहरु जेलजीवनको मौका छोपेर लेख्ने काममा व्यस्त रहन्छन् । एक त राजनीति अत्यन्त व्यावहारिक- दिनप्रतिदिन- पेशा हो, त्यसमा दर्शन शास्त्रको जस्तो ठोकुवा कुरो या Commitment (प्रतिज्ञाबद्ध) को कुरो सम्भव छैन । यो पेशामा निरन्तर सम्झौता गरिरहनुपर्छ या गर्नमा तत्पर रहनुपर्छ । आज भनेको कुरा भोलि गलत साबित हुन्छ, र गलत साबित भएको स्थितिमा अर्कै कदम चाल्नुपर्छ । यो भन्ने अर्थ होइन कि राजनीति धोखा हो । अर्थ यो हो कि राजनीति अत्यन्त व्यावहारिक पेशा हो । त्यस्तो पेशाका सम्बन्धमा जेलमा बसेर निर्णयात्मक कुरा के लेख्ने?

त्यसैले धेरैजसो जेलमा बसेर राजनीतिज्ञहरुले इतिहास लेख्ने प्रयत्न गरेका छन् र नेहरुको Discovery of India र Glimpses of the World History या आत्मकथा।

मलाई नै परेको अप्ठ्यारो- नेपालको राजनीतिका सम्बन्धमा के लेख्ने ? कुन स्थितिमा हामी बाहिर निस्किन्छौं, त्यसको ज्ञान छैन । यस्तै अप्ठ्यारोले गर्दा शुद्ध साहित्यिक रचनापट्टि मेरो ध्यान गएको छ, कविता, कथा र उपन्यास लेख्ने प्रवृत्ति हुन्छ । राजनीतिक विषयमा हात चलाउन मन लाग्दैन। 

आत्मकथा लेख्न सक्छु र नेपालको इतिहास पनि जो कि लेख्न थालेको पनि छु । गणेशमानजी भन्नुहुन्छ, वर्तमान राजनीतिमा पनि मैले एउटा किताब लेख्नुपर्छ रे । तर, मेरो अप्ठ्यारो उहाँ बुझ्नुहुन्न।

- 'जेल जर्नल'बाट

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०८:४०
  • #बिपी_कोइराला
  • #BP_Koirala

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बिपी कोइराला
लेखकबाट थप
विकासबारे के भन्थे बिपी?
कारागारमा सिर्जना: अवसर कि भ्रमका कुरा ?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्