काठमाडौं–सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्।
राति १ बजे २ लाख ९१ हजार क्यूसेक पानी प्रतिसेकेन्ड रहेकोमा बिहान ६ बजे कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक रहेकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
कोसीको बहावले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। उनीहरुलाई नदी किनाराकाे बस्तिमा नबस्न सूचित गरिएकाे पाेखरेलले बताए। कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पस्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।