काठमाडौं–धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुलको बाढीले कटान गरेको भागमा ग्याभिन बक्स राखेर आज दिनभरमा एकतर्फी यातायात सञ्चालनको प्रयास गरिने भएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उक्त पुलमा तत्काल बेलिब्रिज हाल्ने सम्भावना कम भएकाले कटान गरेको १५ मिटर भागमा ग्याभिन बक्स राखिने जानकारी दिए।
‘पुल क्षेत्रमा थप कटान भएको छैन, त्यहाँ ग्याभिन बक्स राखेर मौसमले साथ दिएसम्म आज दिउँसो २ बजेसम्म यातायात सञ्चालनको प्रयास गर्नेछौं,’ तामाङल नेपाललाइभसँग भने।
उनले पुल क्षेत्रमा डाइभर्सनको सम्भावना नरहेको पनि बताए।
प्रजिअ तामाङले राजमार्ग क्षेत्रमा फसेका मानिसहरुलाई ३ वटा डोजर चलाएर राति पौने १० बजे उद्धार गरी गन्तव्यतर्फ पठाइएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।