सांकेतिक तस्बिर
काठमाडौं–धादिङको त्रिपुरासुन्दरी ६ मा पहिराले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले दिएको जानकारी अनुसार पहिरोले घर पुरिँदा जीवन खाँड ठकुरी, उनकी पत्नी सम्झना र साढे २ वर्षको बच्चाको मृत्यु भएको हो। बिहान साढे ५ बजेतिर पहिरो गएको हो।
उनले सोमबार राति साढे १० बजेतिर राजमार्गमा फसेकाहरुलाई उद्धार गरी काठमाडौं पठाइएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।