काठमाडौं–अविरल वर्षाका कारण नारायणी र अरुण नदीले खतराको तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार यतिखेर चितवनमा नारायणी नदी ९ मिटरमाथि छ। आज बिहान ६.१० बजे नदीले खतराको तह पार गरेको हो। ८ मिटरभन्दा माथिलाई खतरापूर्ण मानिन्छ। यस्तै, धनकुटाको सिम्लेमा अरुण नदीले खतराको तह पार गरेको छ। यहाँ खतराको तह १० मिटर रहेकोमा सोमबार राति ८.४९ बजे नदी ११.९७ मिटर पुगेको थियो। दुवै नदीमा पानीको बहाब बढ्ने क्रम जारी रहेको महाशाखाले जनाएको छ।
यस्तै, तिनाउ र लालबकैया नदीमा पनि पानीको सतह बढ्दो क्रममा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।