काठमाडौं- सरकारले भदौ १ बाट हवाई सेवा संचालन गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ बाट आन्तरिक र बाह्य दुवै उडान सेवालाई खुला गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेबाट आन्तरिक र भदौ १ बाट बाह्य उडान सेवा सुरु गर्ने प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले सो प्रस्ताव संशोधन गर्दै भदौ १ बाट दुवै सेवा संचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
यसका लागि उड्डयन मन्त्रालयले कार्यविधि बनाउने जिम्मेवारी पाएको छ। स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलका आधारमा सुरक्षाका उपाय अपनाउने गरी कार्यविधि बनाइने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।