एजेन्सी– बलिउड अभिनेता शाहिद कपुर दोस्रो पटक बुबा बन्न लागेका छन्। श्रीमती मीरा राजपूतसँगै इन्स्टाग्राममा आफ्नी छोरिको एक तस्बिर सार्वजनिक गर्दै पुनः नयाँ सन्तानको आगमनको संकेत गरेका हुन्।
मीराले छोरीको तस्बिरसँगै बेलुन र त्यसमाथि ठूली दिदी भनेर पोस्ट गरेकी छन्। र यही तस्बिरलाई शाहिदले पनि सेयर गरी आफू दोस्रो बुबा बन्न लागेको संकेत गरेका हुन्।
केही समयअघि शाहिदले मीरा मात्र २२ वर्षकी भएकी र दोस्रो सन्तान प्राप्त गरी स्वतन्त्र रुपमा जीवन बिताउने चाहना रहेको बताएका थिए। मीराले पनि दुई सन्तान प्राप्त गरेपछि मात्र करिअर सुरु गर्ने बताएकी थिइन्।
उनीहरुले पहिलो छोरीलाई २०१६ अगस्टमा जन्म दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।