• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ३, २०८२ Mon, Oct 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

निरीह प्रचण्ड

64x64
भानु बोखिम मंगलबार, साउन ६, २०७७  ०८:२०
1140x725

नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग पार्टी (नेकपा माओवादी केन्द्र) एकता पुष्पकमल 'प्रचण्ड'को अन्तिम चमत्कार सावित भएको छ। तिलस्मी छवि बोकेर शान्ति प्रक्रियामा आएका प्रचण्ड समयसमयमा चमत्कार गरिरहन्थे। कुनैपनि राजनीतिक गाँठो फुकाउन होस् वा आफ्ना लागि मार्ग निर्माण गर्न नै किन नहोस्, प्रचण्डको चमत्कारले महत्वपूर्ण भूमिका खेल्थ्यो। तिलस्मी छवि धमिलिएसँगै प्रचण्डले आफ्नै पीडा, निराशा र दोमनको 'ब्रेक-थ्रू' गर्न सकेका छैनन्। 

चमत्कार अवसानको एक मात्र कारण हो, केपी शर्मा ओलीसँगको गणितीय माया। ओली प्रचण्डप्रति सकरात्मक सोच्दैनथे। प्रचण्डको ओलीप्रतिको घृणा पनि सिसाझैँ छर्लंग थियो। कुनै समय प्रचण्ड र ओलीबीच चल्ने वाक्युद्ध घृणाको उत्तम नमुना थियो भन्दा अतिशयोक्ति हुँदैन।

प्रचण्डप्रति ओलीको एउटा घृणाभावको उदाहरण उठाऔँ। २०६४ को चैत महिनामा सबै दल संविधानसभा चुनावमा होमिएका थिए। त्यही माहौलमा अधिवक्ता तथा पत्रकार स्व. ईन्द्र लोहनीले टेलिभिजन कार्यक्रम 'बहस' मा प्रचण्डलाई अतिथि बनाएर ल्याए। त्यो समय चुनाव प्रचारप्रसारका लागि झापा पुगेका ओलीमाथि माओवादीको 'योङ कम्युनिस्ट लिग'ले ढुंगा प्रहार गरेको समाचार चर्चामा थियो। कार्यक्रमको अन्त्यतिर लोहनीले यसै प्रसंगमा प्रश्न सोधेका थिए। 'त्यहाँ एक जना केपी ओली भन्ने मान्छे पनि रहेछ' भन्दै प्रचण्डले उत्तर दिएका थिए। प्रचण्डले यसरी उत्तर दिए कि उनी केपी ओलीलाई चिन्दैनथे। आफ्ना कार्यकर्ताले ढुंगा हानेपछि मात्र थाहा पाए कि ढुंगा खाने व्यक्ति केपी शर्मा ओली थिए। एमालेका प्रभावशाली नेता, उसमाथि शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका ओलीलाई प्रचण्डले नचिन्ने कुरा थिएन। प्रचण्डको बोलीको आशयले ओलीप्रतिको अरुचि देखाउँथ्यो। पछिल्ला समयमा स्वार्थका कारण ओली र प्रचण्डबीच विभिन्न स्वरुपमा सहकार्य भयो। तर एकअर्का प्रतिको अरुचिको द्वन्द्वपनि कायम नै छ। 

निरन्तर ओरालो लागिरहेको माओवादीमा प्रचण्डले भविष्य देखेनन्। सधैंलाई गुमाउनु भन्दा केही समय धैर्य गरेर फेरि प्राप्त गर्नु धेरै बुद्धिमानी काम हो। यही रणनीति अनुरूप प्रचण्ड ओलीसँग हल बाँध्न पुगे। नेकपामा आफ्नो भविष्य सुनिश्चित गर्न प्रचण्डको रणनीति स्पष्ट छ। पहिलो रणनीति ओलीको सत्तालाई प्रयोग गरेर आफ्नो लागि आधार तयार गर्नु हो।

अहिलेको राजनीतिमा सफलता पाउन आफूमुनीका नेता रिझाउनुको विकल्प छैन। नेकपा भएपछि ईतर पक्षको नेतालाई पनि रिझाउनुपर्ने बाध्यता छ। अहिलेको राजनीतिमा त्याग र योगदानभन्दा स्वार्थ प्रधान छ। स्वार्थीलाई दर्शन र सिद्धान्तको पाठ पढाएर आफ्नो बनाउँन सकिँदैन। यसका लागि विभिन्न अवसर दिनुपर्छ। तर सरकारसँग जोडिएका अवसरमा ओलीले एकलौटी गर्न खोजिरहेका छन्। ओलीले एकलौटी गरे भन्ने आरोप जनताको हितका लागि भनेका होइनन् प्रचण्डले। त्यसले मेरो हित भएन भनेका हुन्। किनभने ओलीको स्वेच्छाचारितामा प्रचण्डले आफ्नालाई अवसर दिन पाएका छैनन्। अर्कातिर ओलीको भन्दा आफ्नो आयु लामो देखिरहेका छन्।

लामो आयु देख्नु मात्र राजनीतिमा हालीमुहाली गर्न पर्याप्त हुँदैन। राजनीतिमा आफ्नो दलको बर्चश्व पनि हुनपर्छ। यसको लागि आवधिक निर्वाचनमा नेकपाले कम्तीमा सुविधाजनक बहुमत प्राप्त गर्नुपर्छ। सानो दल वा सुविधाजनक बहुमत बिनै राजनीति र सरकारमा हाली-मुहाली गर्ने सम्भावना भएको भए प्रचण्डले एकता गर्दैनथे।

आउँदो निर्वाचनमा ठूलो दल हुन सरकार लोकप्रिय हुनुपर्छ। ओली सरकारको लोकप्रियताको ग्राफ द्रुत गतिमा झरिरहेको छ। यही तरिका हो भने ओलीले आफू त राज गर्छन् तर आफ्नो कार्यकालपछि प्रचण्डको लागि केही छोड्ने छैनन्। भविष्यमा ठूलो भाग आश राखेर धैर्य गर्दा केही पनि नपाइएला कि भन्ने चिन्ता छ। यही चिन्तामा प्रचण्ड अहिले नै सत्ता हत्याउने स्थितिमा पुगेका छन्। सत्ता हत्याउन सक्ने हैसियतमा छैनन् भन्ने चाँहि पछिल्लो घटनाक्रमले पुष्टि गरिसकेको छ। 

अवसरको अभावमा शक्ति क्षीण हुँदै जान्छ। प्रचण्ड आफ्नो शक्ति क्षीण भएको मनोदशाबाट गुज्रिरहेका छन्।

Ncell 2
Ncell 2

प्रचण्ड आफ्नो जीवनकालमै यति दोमन र निरीह भएका थिएनन् होला। प्रचण्डले ओलीलाई पार्टी फुटाउनबाट रोक्न त सफल भए तर आफ्ना पीडालाई निकास दिन सकेका छैनन्। पार्टी फुट्न दियो भने आफ्नै भविष्य अन्यौल बन्छ। पार्टी एक ढिक्का बनाई राखौँ भने केपी ओलीको अराजकता थेग्न गाह्रो छ। एकातिर ओलीले दिन्छु भनेर पासा फालिरहेका छन्, अर्कोतिर माधवले ओलीबाट खोसेर बाँडिचुँडी खाऔं भनिरहेका छन्। संघारमा उभिएका प्रचण्डलाई ओलीतिर ढल्कने कि माधवतिर ढल्कने भन्ने दोमन छ।

नेकपाको शक्तिशाली सरकार जनताको समस्या सम्बोधनमा खरो उत्रिन सकेको छैन। सरकारको बदनामी भने दिनप्रतिदिन बढ्दो छ। सरकारको बदनामीले प्रधानमन्त्री ओलीभन्दा प्रचण्ड र माधव नेपाललाई बढी पिरोलेको छ। ओलीको उद्देश्य पूरै कार्यकाल प्रधानमन्त्री हुनु छ। भविष्यको चिन्ता खासै देखिँदैन। प्रचण्डले भविष्यमा केही गर्नु छ। आजभोलि केपीको छायाँ नै प्रचण्डको लागि असह्य भइसकेको छ।

वर्षौं माओवादीमा पहिलो व्यक्ति भएको प्रचण्डलाई वरीयतामा दोश्रो भएर बस्नु रुचिकर छैन। त्यसमाथि त्यस्तो व्यक्तिको छायामा जोसँग वर्षौसम्म मनभेदको जुहारी चलेका थियो र अझै पनि मनको कुनामा तुष बाँकी नै छ।

नेकपा एकजुट रहनुपर्छ भन्ने उत्तरी छिमेकीको चाहना देखिन्छ। तर सबै गतिविधि एउटा सीमामा टुंगिन्छ। चीनले नेकपा नेतालाई मिलेर जाउसम्म भन्ने हो। यसरी भागबन्डा गरेर मिलाऊ भन्न सक्दैन। पार्टी विधान र पृष्ठभूमिले ओली सबभन्दा माथि छन्। उसमाथि ओली निकट राष्ट्रपतिको सक्रियताले पनि प्रचण्ड थप चेपुवामा परेका छन्। निश्चय नै यो समूहले आश्वासन दिएका छन् तर कार्यान्वयन गर्दैनन्। अवसरको अभावमा शक्ति क्षीण हुँदै जान्छ। प्रचण्ड आफ्नो शक्ति क्षीण भएको मनोदशाबाट गुज्रिरहेका छन्। यही मनोदशालाई उजागर गर्दै परिबन्धमा पुगेर राष्ट्रपतिकोमा पुगेको बताएका छन्। परिबन्ध के थियो थाहा छैन? तर प्रचण्ड हिजो सानै पार्टीको अध्यक्ष भएपनि निर्णय गर्ने हैसियतमा थिए। आज ठूलो पार्टीको अध्यक्ष भएर पनि निर्णय गर्ने हैसियतमा छैनन् भन्ने देखाउँछ। 

चीनले नेकपा नेतालाई मिलेर जाउसम्म भन्ने हो। यसरी भागबन्डा गरेर मिलाऊ भन्न सक्दैन।

पछिल्लो समय प्रचण्डको अधिकांश समय बैठकले खपत गरेको छ। कोरोनाको समयमा पनि बैठकको अटुट शृंखला चलेको छ। सबभन्दा बढी बैठकमा प्रचण्ड नै व्यस्त छन्। बैठकको विषयवस्तुमा आफूलाई केन्द्रमा राखेका छन्। तर बैठकको निर्णय कार्यान्वयन हुन सकेको छैन। कार्यान्वयनको निम्ति अन्तिम अधिकार प्रचण्डबाट गुमेको छ। अर्कोतिर प्रचण्डको लागि सहअध्यक्षको सदाशयता छैन। शान्ति प्रक्रियामा आएपछि ओलीसँग वर्षौं चलेको घृणाको वाकयुद्ध जोडिएको छ। यस्तो बेलामा प्रचण्ड आफैँ केही गर्न सक्दैनन्। ओलीले उनको लागि गरिदीने देखिदैन। उल्टै ओलीलाई फकाउने नाममा आफूले पाउने अवसर पनि गुमाउँदै गएका छन्। प्रधानमन्त्रीको आधा कार्यकाल प्रचण्डले गुमाइसकेका छन्। प्रधानमन्त्री बन्ने अवसर गुमेसँगै 'बार्गेनिङु क्षमतापनि अझ कमजोर भएर गएको छ प्रचण्डको। यस्तो बेला प्रचण्डबाट आफ्नो लागि भनौँ वा देशका लागि, चमत्कार र 'ब्रेक थ्रू' हुने सम्भावना छैन।

ओलीको तिकडममा प्रचण्डको चमत्कार ओझेल परेको लामो सयम भइसक्यो। भविष्यमा प्रचण्डले चमत्कार गर्ने दिन फर्किन सक्छन्। त्यसको लागि हतार र हतास भएर होइन, दूरदृष्टि राखेर धैर्यताका साथ अघि बढ्नु जरुरी छ। अन्यथा पार्टी एकता नै प्रचण्डको जीवनकै अन्तिम चमत्कार हुनेछ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
सरकार आफ्नो जिम्मेवारी पूरा गर्न सचेत छ : प्रधानमन्त्री सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सेनाको सुरक्षामा बस्दा मेरो मोबाइल सिज गरियो : ओली, पार्टीमा आफ्नो अझै खाँचो रहेकाले उमेरले नेतृत्व नछेक्ने दाबी आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब सोमबार, कात्तिक ३, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्