• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

निरीह प्रचण्ड

64x64
भानु बोखिम मंगलबार, साउन ६, २०७७  ०८:२०
1140x725

नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग पार्टी (नेकपा माओवादी केन्द्र) एकता पुष्पकमल 'प्रचण्ड'को अन्तिम चमत्कार सावित भएको छ। तिलस्मी छवि बोकेर शान्ति प्रक्रियामा आएका प्रचण्ड समयसमयमा चमत्कार गरिरहन्थे। कुनैपनि राजनीतिक गाँठो फुकाउन होस् वा आफ्ना लागि मार्ग निर्माण गर्न नै किन नहोस्, प्रचण्डको चमत्कारले महत्वपूर्ण भूमिका खेल्थ्यो। तिलस्मी छवि धमिलिएसँगै प्रचण्डले आफ्नै पीडा, निराशा र दोमनको 'ब्रेक-थ्रू' गर्न सकेका छैनन्। 

चमत्कार अवसानको एक मात्र कारण हो, केपी शर्मा ओलीसँगको गणितीय माया। ओली प्रचण्डप्रति सकरात्मक सोच्दैनथे। प्रचण्डको ओलीप्रतिको घृणा पनि सिसाझैँ छर्लंग थियो। कुनै समय प्रचण्ड र ओलीबीच चल्ने वाक्युद्ध घृणाको उत्तम नमुना थियो भन्दा अतिशयोक्ति हुँदैन।

प्रचण्डप्रति ओलीको एउटा घृणाभावको उदाहरण उठाऔँ। २०६४ को चैत महिनामा सबै दल संविधानसभा चुनावमा होमिएका थिए। त्यही माहौलमा अधिवक्ता तथा पत्रकार स्व. ईन्द्र लोहनीले टेलिभिजन कार्यक्रम 'बहस' मा प्रचण्डलाई अतिथि बनाएर ल्याए। त्यो समय चुनाव प्रचारप्रसारका लागि झापा पुगेका ओलीमाथि माओवादीको 'योङ कम्युनिस्ट लिग'ले ढुंगा प्रहार गरेको समाचार चर्चामा थियो। कार्यक्रमको अन्त्यतिर लोहनीले यसै प्रसंगमा प्रश्न सोधेका थिए। 'त्यहाँ एक जना केपी ओली भन्ने मान्छे पनि रहेछ' भन्दै प्रचण्डले उत्तर दिएका थिए। प्रचण्डले यसरी उत्तर दिए कि उनी केपी ओलीलाई चिन्दैनथे। आफ्ना कार्यकर्ताले ढुंगा हानेपछि मात्र थाहा पाए कि ढुंगा खाने व्यक्ति केपी शर्मा ओली थिए। एमालेका प्रभावशाली नेता, उसमाथि शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका ओलीलाई प्रचण्डले नचिन्ने कुरा थिएन। प्रचण्डको बोलीको आशयले ओलीप्रतिको अरुचि देखाउँथ्यो। पछिल्ला समयमा स्वार्थका कारण ओली र प्रचण्डबीच विभिन्न स्वरुपमा सहकार्य भयो। तर एकअर्का प्रतिको अरुचिको द्वन्द्वपनि कायम नै छ। 

निरन्तर ओरालो लागिरहेको माओवादीमा प्रचण्डले भविष्य देखेनन्। सधैंलाई गुमाउनु भन्दा केही समय धैर्य गरेर फेरि प्राप्त गर्नु धेरै बुद्धिमानी काम हो। यही रणनीति अनुरूप प्रचण्ड ओलीसँग हल बाँध्न पुगे। नेकपामा आफ्नो भविष्य सुनिश्चित गर्न प्रचण्डको रणनीति स्पष्ट छ। पहिलो रणनीति ओलीको सत्तालाई प्रयोग गरेर आफ्नो लागि आधार तयार गर्नु हो।

अहिलेको राजनीतिमा सफलता पाउन आफूमुनीका नेता रिझाउनुको विकल्प छैन। नेकपा भएपछि ईतर पक्षको नेतालाई पनि रिझाउनुपर्ने बाध्यता छ। अहिलेको राजनीतिमा त्याग र योगदानभन्दा स्वार्थ प्रधान छ। स्वार्थीलाई दर्शन र सिद्धान्तको पाठ पढाएर आफ्नो बनाउँन सकिँदैन। यसका लागि विभिन्न अवसर दिनुपर्छ। तर सरकारसँग जोडिएका अवसरमा ओलीले एकलौटी गर्न खोजिरहेका छन्। ओलीले एकलौटी गरे भन्ने आरोप जनताको हितका लागि भनेका होइनन् प्रचण्डले। त्यसले मेरो हित भएन भनेका हुन्। किनभने ओलीको स्वेच्छाचारितामा प्रचण्डले आफ्नालाई अवसर दिन पाएका छैनन्। अर्कातिर ओलीको भन्दा आफ्नो आयु लामो देखिरहेका छन्।

लामो आयु देख्नु मात्र राजनीतिमा हालीमुहाली गर्न पर्याप्त हुँदैन। राजनीतिमा आफ्नो दलको बर्चश्व पनि हुनपर्छ। यसको लागि आवधिक निर्वाचनमा नेकपाले कम्तीमा सुविधाजनक बहुमत प्राप्त गर्नुपर्छ। सानो दल वा सुविधाजनक बहुमत बिनै राजनीति र सरकारमा हाली-मुहाली गर्ने सम्भावना भएको भए प्रचण्डले एकता गर्दैनथे।

आउँदो निर्वाचनमा ठूलो दल हुन सरकार लोकप्रिय हुनुपर्छ। ओली सरकारको लोकप्रियताको ग्राफ द्रुत गतिमा झरिरहेको छ। यही तरिका हो भने ओलीले आफू त राज गर्छन् तर आफ्नो कार्यकालपछि प्रचण्डको लागि केही छोड्ने छैनन्। भविष्यमा ठूलो भाग आश राखेर धैर्य गर्दा केही पनि नपाइएला कि भन्ने चिन्ता छ। यही चिन्तामा प्रचण्ड अहिले नै सत्ता हत्याउने स्थितिमा पुगेका छन्। सत्ता हत्याउन सक्ने हैसियतमा छैनन् भन्ने चाँहि पछिल्लो घटनाक्रमले पुष्टि गरिसकेको छ। 

अवसरको अभावमा शक्ति क्षीण हुँदै जान्छ। प्रचण्ड आफ्नो शक्ति क्षीण भएको मनोदशाबाट गुज्रिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्ड आफ्नो जीवनकालमै यति दोमन र निरीह भएका थिएनन् होला। प्रचण्डले ओलीलाई पार्टी फुटाउनबाट रोक्न त सफल भए तर आफ्ना पीडालाई निकास दिन सकेका छैनन्। पार्टी फुट्न दियो भने आफ्नै भविष्य अन्यौल बन्छ। पार्टी एक ढिक्का बनाई राखौँ भने केपी ओलीको अराजकता थेग्न गाह्रो छ। एकातिर ओलीले दिन्छु भनेर पासा फालिरहेका छन्, अर्कोतिर माधवले ओलीबाट खोसेर बाँडिचुँडी खाऔं भनिरहेका छन्। संघारमा उभिएका प्रचण्डलाई ओलीतिर ढल्कने कि माधवतिर ढल्कने भन्ने दोमन छ।

नेकपाको शक्तिशाली सरकार जनताको समस्या सम्बोधनमा खरो उत्रिन सकेको छैन। सरकारको बदनामी भने दिनप्रतिदिन बढ्दो छ। सरकारको बदनामीले प्रधानमन्त्री ओलीभन्दा प्रचण्ड र माधव नेपाललाई बढी पिरोलेको छ। ओलीको उद्देश्य पूरै कार्यकाल प्रधानमन्त्री हुनु छ। भविष्यको चिन्ता खासै देखिँदैन। प्रचण्डले भविष्यमा केही गर्नु छ। आजभोलि केपीको छायाँ नै प्रचण्डको लागि असह्य भइसकेको छ।

वर्षौं माओवादीमा पहिलो व्यक्ति भएको प्रचण्डलाई वरीयतामा दोश्रो भएर बस्नु रुचिकर छैन। त्यसमाथि त्यस्तो व्यक्तिको छायामा जोसँग वर्षौसम्म मनभेदको जुहारी चलेका थियो र अझै पनि मनको कुनामा तुष बाँकी नै छ।

नेकपा एकजुट रहनुपर्छ भन्ने उत्तरी छिमेकीको चाहना देखिन्छ। तर सबै गतिविधि एउटा सीमामा टुंगिन्छ। चीनले नेकपा नेतालाई मिलेर जाउसम्म भन्ने हो। यसरी भागबन्डा गरेर मिलाऊ भन्न सक्दैन। पार्टी विधान र पृष्ठभूमिले ओली सबभन्दा माथि छन्। उसमाथि ओली निकट राष्ट्रपतिको सक्रियताले पनि प्रचण्ड थप चेपुवामा परेका छन्। निश्चय नै यो समूहले आश्वासन दिएका छन् तर कार्यान्वयन गर्दैनन्। अवसरको अभावमा शक्ति क्षीण हुँदै जान्छ। प्रचण्ड आफ्नो शक्ति क्षीण भएको मनोदशाबाट गुज्रिरहेका छन्। यही मनोदशालाई उजागर गर्दै परिबन्धमा पुगेर राष्ट्रपतिकोमा पुगेको बताएका छन्। परिबन्ध के थियो थाहा छैन? तर प्रचण्ड हिजो सानै पार्टीको अध्यक्ष भएपनि निर्णय गर्ने हैसियतमा थिए। आज ठूलो पार्टीको अध्यक्ष भएर पनि निर्णय गर्ने हैसियतमा छैनन् भन्ने देखाउँछ। 

Xtrem

Xtrem

चीनले नेकपा नेतालाई मिलेर जाउसम्म भन्ने हो। यसरी भागबन्डा गरेर मिलाऊ भन्न सक्दैन।

पछिल्लो समय प्रचण्डको अधिकांश समय बैठकले खपत गरेको छ। कोरोनाको समयमा पनि बैठकको अटुट शृंखला चलेको छ। सबभन्दा बढी बैठकमा प्रचण्ड नै व्यस्त छन्। बैठकको विषयवस्तुमा आफूलाई केन्द्रमा राखेका छन्। तर बैठकको निर्णय कार्यान्वयन हुन सकेको छैन। कार्यान्वयनको निम्ति अन्तिम अधिकार प्रचण्डबाट गुमेको छ। अर्कोतिर प्रचण्डको लागि सहअध्यक्षको सदाशयता छैन। शान्ति प्रक्रियामा आएपछि ओलीसँग वर्षौं चलेको घृणाको वाकयुद्ध जोडिएको छ। यस्तो बेलामा प्रचण्ड आफैँ केही गर्न सक्दैनन्। ओलीले उनको लागि गरिदीने देखिदैन। उल्टै ओलीलाई फकाउने नाममा आफूले पाउने अवसर पनि गुमाउँदै गएका छन्। प्रधानमन्त्रीको आधा कार्यकाल प्रचण्डले गुमाइसकेका छन्। प्रधानमन्त्री बन्ने अवसर गुमेसँगै 'बार्गेनिङु क्षमतापनि अझ कमजोर भएर गएको छ प्रचण्डको। यस्तो बेला प्रचण्डबाट आफ्नो लागि भनौँ वा देशका लागि, चमत्कार र 'ब्रेक थ्रू' हुने सम्भावना छैन।

ओलीको तिकडममा प्रचण्डको चमत्कार ओझेल परेको लामो सयम भइसक्यो। भविष्यमा प्रचण्डले चमत्कार गर्ने दिन फर्किन सक्छन्। त्यसको लागि हतार र हतास भएर होइन, दूरदृष्टि राखेर धैर्यताका साथ अघि बढ्नु जरुरी छ। अन्यथा पार्टी एकता नै प्रचण्डको जीवनकै अन्तिम चमत्कार हुनेछ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्