सांकेतिक तस्बिर
टिस्टुङ-मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ फाखेलमा गए राति पहिराे जाँदा एउटा घर भत्किएको छ।
पहिराेले घरको आधा भाग पुरिएको छ। फाखेल राकसखोलाका दीपककुमार मोक्तानको घर पहिराेमा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। पहिराेमा परी घर क्षति हुनुका साथै साढे दुई लाख बराबरको सामान नष्ट भएको उनले बताए।
पहिराको डरले घरमा राति कोही नबसेका कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। उक्त घरमा मोक्तानले कस्मेटिक पसल सञ्चालन गर्दै आएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।