बारा- जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बारा कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवालसहित २ जनालाई ८० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले जसैवालाई नियन्त्रणमा लिएको हो।
घुस बापतको रकम लिईसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवैलाई रकमसहित कलैया नगरपालिका वडा नं. ४ बाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। हाल उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।