• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरिता दुलाल हत्या : श्रीमान्‌लाई जन्मकैद, सासू-ससुरासहित ४ जनाले पाए सफाई

64x64
नेपाल लाइभ सोमबार, साउन ५, २०७७  १२:०५
1140x725

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको मण्डनदेउपुरकी सरिता दुलाल हत्याप्रकरणमा जिल्ला अदालतले श्रीमान्‌लाई मात्र दोषी ठहर गर्दै अन्य चार जनालाई सफाई दिएको छ। जिल्ला अदालतले शुक्रबार सरिताका श्रीमान्  सुदीप दुलाललाई जन्मकैद हुने फैसला सुनाएको हो।

परिवार नै मिलेर बुहारीको हत्या गरेको अभियोगमा २०७६ जेठ ७ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सिपाघाटका परिवारका पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। सरिताका श्रीमान् सुदीप दुलाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ असार २१ गते  दोषी ठहर गरेको थियाे। जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलाशले जन्मकैदको सजाय सुनाउँदै अन्य चार जनालाई सफाई दिने  फैसला भएको थियो।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ घर भएकी २५ वर्षीया सरितालाई मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय पिताम्वर दुलाल, उनका छाेरा २५ वर्षीय सुदीप दुलाल, श्रीमती ६५ वर्षीया रोमकुमारी दुलाल, अर्का छाेरा ३६ वर्षीय केशव प्रसाद दुलाल, केशवकी श्रीमती ३५ वर्षीया संगिता दंगाल (दुलाल) सहितलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) अभियोगमा मुद्दा दायर भएको थियो।

जिल्ला अदालतले उनीहरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। मुद्दा दायर भएको १४ महिनापछि अन्तिम फैसला सुनाउँदै जिल्ला अदालतले ज्यान मारेको अभियोगमा श्रीमान्‌सहित सासू,ससुरा, जेठाजु र जेठानीको संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो। तर, अन्तिम फैसला गर्दा जिल्लाले सरिताको हत्यामा श्रीमान्‌लाई जन्मकैद सुनाउँदै अन्य चार जनाको संलग्नता पुष्टि हुन नसकेको भन्दै सफाई दिएको हो।

मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिताको आफ्नै घरमा घाँटी थिचेर हत्या गरिएको थियो। एकै घरमा रहेका उनीहरु सरिताको हत्या हुदाँ प्रतिवाद नगरेकाले मिलेमतो भएको दावी अभियोगपत्रमा गरिएको थियो। प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएको दावी अभियोगपत्रमा गरिएको हाे। अभियोगपत्रमा सबैलाई मुलुकी संहिताको कर्तव्य ज्यान मुद्दाअन्तर्गत जन्मकैदको सजाय माग गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७६ बैशाख १३ गते बिहान १० बजे सरितालाई घरमै घाँटीमा नीलडाम भएको मृत अवस्थामा प्रहरीले शव फेला पारेको थियो। भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिएको थियो। बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गरेकाले परिवारकै मिलेमतोमा कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डनदेउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले घटनाको दिन दिउँसो जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दर्ता गरेका थिए।

प्रहरीले सोही आधारमा परिवारका सबैलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गर्नुका साथै आरोपितको बयान लिएको थियो। सरिताको हत्यापछि श्रीमान् सुदीप फरार थिए। परिवारका अन्य सदस्यलाई घरबाटै प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीको बयानमा सुदीपले घटना भएको दिन बिहान सरिता केही समय बाहिर निस्किएको र घर आएपछि केही विषयमा झगडा परेपछि आफूले कुटपिट गरेको बताएका थिए। प्रहरीको बयानमा उनले गुलेलीको रबरले सरिताको घाँटी अठ्याउँदा बाबु पिताम्वर र दाजु केशवले दुवै गोडा समाएको बताएका थिए। घटना भइरहँदा सरिताकी सासू गङ्गा र जेठानी संगीताले भने कुनै प्रतिक्रिया नजनाएको सुदीपले प्रहरीको बयानमा भनेको थिए। तर, उनले जिल्ला अदालतको बयानमा भने आफू एक्लैले मारेको बताए। सुदीपले आफूले मात्रै सरिताको हत्या गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान गरिएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रहरीका अनुसार काठमाडौँस्थित शिक्षण अस्पतालमा भएको शव परीक्षण रिपोर्टले पनि सरिताको हत्या एक जना व्यक्तिबाट मात्रै नभएको र जोडबलले घाँटीमा कसेर मृत्यु भएको देखाएको थियो।

प्रहरीको अनुसन्धानमा दुलाल परिवारमा घरको सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा समय समयमा विवाद भइरहने गरेकाे पाइएको थियो। चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए। सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलमा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएका थिए।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्