काठमाडौं-आईतबारदेखि न्यूनचापीय रेखा नेपालको पूर्वी र मध्य भागमा केन्द्रित भएकाले देशका अधिकांश क्षेत्रमा वर्षा भईरहेको छ। सोमबार र मंगलबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताईन्।
कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी पूर्वी नेपाल र मध्य नेपालमा न्यूनचापीय रेखा केन्द्रित भएकाले पानीको बहाव बढ्दा बाढीको उच्च जोखिम हुने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।
आगामी तीन दिनसम्म देशैभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ । आईतबार बेलुकादेखि सुरु भएको भारी वर्षा बिहीबारसम्म देशका अधिकाश क्षेत्रमा जारी रहने प्रक्षेपण गरिएको छ । यसअघि गत असार २५ गतेदेखि सुरु भएको भारी वर्षा असार ३० गतेसम्म कायम हुँदा धेरै ठूलो जनधनको क्षति पुर्याएको थियो।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ५ गते (सोमबार)
दिउँसो- देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति- देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ६ गते (मंगलबार)
दिउँसो-देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति-देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ७ गते (बुधबार)
दिउँसो-देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति-देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा(Heavy Rain) को सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।