सांकेतिक तस्बिर
काठमाडाैै-नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना-६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।