काठमाडौं- बैंकिङ कसुर मुद्दामा ५ वर्ष जेल र १ करोड रुपैयाँ सजाय सुनाइएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन्।
५६ वर्षीय सिलवाललाई सिआइबीको टोलीले आइतबार पक्राउ गरेको सिआइबीका डिआइजी सहकुल थापाले जानकारी दिए।
भक्तपुर जिल्ला साविक बालकोट गाविस-१ का सिलवालविरुद्ध २०७० सालमा बैंकिङ कसुर गरेको आरोपमा मुद्दा चलाइएको थियो।
अदालतमा उनीविरुद्ध दुई वटा मुद्दा चलाइएको थियो। दुवै मुद्दामा गरी उनलाई १ करोड जरिवाना र ५ वर्ष कैदको सजाय सुनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।