काठमाडौं– जिल्ला न्यायाधीशको परीक्षामा २६ जनाले नाम निकाल्न सफल भएका छन्। २९ पदका लागि ४५ जनाले नाम निकाल्न सफल भएको न्याय सेवा आयोगले जनाएको छ।
आयोगले आन्तरिक खुल्लाका लागि १४ , खुल्ला ९, महिला १, आदिवासी जनजाति २, मधेशी २, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ गर्दै विज्ञापन गरेको थियो। उक्त विज्ञापन अनुसार सहभागी भएका मध्ये आन्तरिक खुल्लामा १६, खुल्लामा २६ ,मधेशी २ र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएको आयोगले जनाएको छ।


महिला, आदिवासी र पिछडिएको क्षेत्रमा शून्य
जिल्ला न्यायाधीशको परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएको क्षेत्रका कुनै पनि व्यक्ति उर्तीण नभएको आयोगले जनाएको छ। मधेशी कोटामा पनि २ जनाको आवश्यकता भएपनि एक जनाले मात्र नाम निकाल्न सफल भएको आयोगले जनाएको छ।
आयोगले लिखितमा नाम निस्केका उम्मेदवारहरुको अन्तर्वार्ता मिति पनि तोकेको छ। १ देखि ६ सम्म २१ गते, ७ देखि १२ लाई १२ गते, १३ देखि १८-२३ गते र १९ देखि २६-२४ गतेलाई समय तोकिएको छ।
यसअघि जिल्ला न्यायाधीश प्रतिस्पर्धाबिना नै परिषद्ले नै सोजै न्याय, कानुन र सरकारी वकिल समूहबाट गर्ने गरेको थियो। तर कानुन व्यवसायीहरुले जिल्ला न्यायाधीश बनाउँदा बारको प्रतिनिधित्व नभएको भन्दै ५० प्रतिशत कोटा माग गरेका थिए। उनीहरुको माग बमोजिम नयाँ संविधानमा केही प्रतिशत लिखित जवाफबाट जिल्ला न्यायाधीश पूर्ति गरिने व्यवस्था गरिएको थियो।
संविधानको सोही व्यवस्था कार्यान्वयन गर्दै न्याय सेवा आयोगले विज्ञापन गर्दै परीक्षा सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।