काठमाडौं– विदेशबाट फर्कनेहरुलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणपछि मात्रै सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ। कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो।
यसअघि विदेशबाट फर्किएकाहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टरमा पठाइने र आवश्यक विवरण संकलन गरिसकेपछि सम्बन्धित क्वारेन्टाइनमा पुर्याइने व्यवस्था गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।