काठमाडौं-जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज कोसी, नारायणी, बागमती, कमला र यसका सहायक नदीहरुमा बहाब बढ्दो क्रममा रहेको र तिनाउ नदीमा सतर्कता आसपास रहेको जनाएको छ।
त्यसैगरी, आज कन्काई, कमला, बागमती तथा पश्चिम राप्तीका कही सहायक नदीहरुमा आकस्मिके बहाव बढी खतरा आसपास हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
यस्तै, प्रदेश १, ३, ५, गण्डकी र सुदूरपश्चिम प्रदेशको चुरेर तराईबाट बहने प्राय सबै नदीमा बहाब बढ्ने र सतर्कता आसपास हुने महाशाखाको पूर्वानुमान छ।
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तो छ ३ दिनको बाढी पूर्वानुमान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।