काठमाडौं-भारतको रक्सौल घर भई वीरगञ्ज बस्ने प्रमोद साह तुरहाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले तुरहाको हत्यामा संलग्न भएको आरोपमा भारतको बेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्रप्रसाद कलवारलाई पक्राउ गरेको हो। वीरगञ्ज-१९ गहवा टोलबाट उनलाई पक्राउ गरिएको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए। तुरहाको २०७१ वैशाख ९ गते बाराको बिश्रामपुरस्थित गहुँबारीमा शव फेला परेको थियो ।
पक्राउ परेका कलवारमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।