काठमाडौं-प्युठानको स्वर्गद्वारी नगरपालिका(३ रुमालेमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा उद्धार जारी छ। धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु २ च ४२३४ नम्बरको ट्र्याक्टर गए राति दुर्घटनामा परेको हो। दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर छन्।
दुर्घटनामा रोल्पाका विशाल थापा हामफालेर बाँच्न सफल भएका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।