काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्राे सर्किट लागेको छ। नेप्सेका अनुसार बजार ४० मिनेटका लागि स्थगित गरिएको छ।
मौद्रिक नीतिपछिको पहिलो बजारमा लगानीकर्ता उत्साहित देखिएपछि त्यसको प्रभाव बजारमा देखिएको हो। आइतबार कारोबार सुरु भएको ६ मिनेटमै पहिलो सर्किट लागेको थियो।
पहिलो सर्किट लागेर २० मिनेट कारोबार रोकिएर ११ बजेर २७ मिनेटमा दोस्रोपटक बजार खुलेको २ मिनेटभित्रै दोस्रो सर्किट लागेको हो। ११ बजेर २९ मिनेटमा परिसूचक ५ दशमलव १ प्रतिशत अर्थात् ६९ दशमलव ९१ अंकले बढेर १ हजार ४ सय ६४ दशमलव ६८ अंकमा कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।