काठमाडौं–गएराति प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।
राति १२.५५ बजे भएको दुर्घटनामा अन्य १ जना गम्भीर घाइते भएको प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए। मृत्यु हुनेको पहिचान खुलिनसकेको जनाइएको छ। ट्याक्टर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै थियाे। मुत्यु हुनेमा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ।
वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।