काठमाडौँ- लेखक, पत्रकार तथा साहित्यकारलाई सिर्जना गर्ने वातावरण दिलाउने उद्देश्यले ललितपुरको गोदावरीमा ‘सिर्जना गृह’ स्थापना भएको छ।
सर्जकहरुको आर्थिक अवस्थालाई ध्यानमा राखी सिर्जना गृहको स्थापना गरिएको संस्थापक होम परिवागले बताए। 'नेपालमा त्यस्ता घटना छन्, आर्थिक अवस्थाकै कारण साहित्यकारले आत्महत्या गर्नुपरेको छ,' उनले भने, 'पत्रकार, साहित्यकार लगायत सर्जकलाई नयाँ रचना रच्ने स्थानका रुपमा गृहले भूमिका खेल्नेछ।'
विश्वमा नेपाललाई स्थापित गर्नु र नेपाली साहित्यलाई विश्वव्यापी बनाउनु गृहको उद्देश्य रहेको उनले बताए।
‘द ब्रिट’ नामक गृहमा बस्न आउने सर्जकका लागि सहुलियत दरमा विशेष सुविधासमेत दिलाइने उनको भनाइ छ। गृहले हरेक महिना कला, साहित्य तथा संस्कृतिसम्बन्धी गतिविधि सञ्चालन गर्ने योजना राखेको छ।
गृहको उद्देश्य स्वदेशी तथा विदेशी सर्जकलाई एकै ठाउँमा राखेर विचारको आदानप्रदान गर्नु रहेको उनले बताए।
परिवाग केही समयअघि बेलायत फर्किएका हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।