एजेन्सी–विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १ करोड ४२ लाख १० हजार ४० पुगेको हो।
सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या ३६ लाख ९८ हजार २ सय ९ पुगेको छ भने ब्राजिलमा २० लाख ७४ हजार ८ सय ६०, भारतमा १० लाख ३८ हजार ७ सय १६, रुसमा ७ लाख ६४ हजार २ सय १५ र दक्षिण अफ्रिकामा ३ लाख ५० हजार ८ सय ७९ जना संक्रमित भएका छन्।
यस्तै, पेरुमा ३ लाख ४९ हजार ५ सय, मेक्सिकोमा ३ लाख ३१ हजार २ सय ९८ र बेलायतमा २ लाख ९५ हजार ६ सय ३१ संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।