एजेन्सी–विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्ने देशको संख्या ११ पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी अमेरिकामा १ लाख ३९ हजार ९ सय ६० जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ७८ हजार ७ सय ७२, बेलायतमा ४५ हजार ३ सय ५८, मेक्सिकोमा ३८ हजार ३ सय १०, इटालीमा ३५ हजार ४२, फ्रान्समा ३० हजार १ सय ५५, स्पेनमा २८ हजार ४ सय २०, भारतमा २६ हजार २ सय ७३ र इरानमा १३ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ।
यस्तै, पेरुमा १२ हजार ९ सय ९८ र रुसमा १२ हजार २ सय २८ जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर ६ लाख ४ सय ३५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।