एजेन्सी–विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट आइतबार बिहानसम्म ६ लाख ४ सय ३५ जनाको मृत्यु भएको हो।
सबैभन्दा बढी अमेरिकामा १ लाख ३९ हजार ९ सय ६०, ब्राजिलमा ७८ हजार ७ सय ७२, बेलायतमा ४५ हजार ३ सय ५८, मेक्सिकोमा ३८ हजार ३ सय १०, इटालीमा ३५ हजार ४२, फ्रान्समा ३० हजार १ सय ५५, भारतमा २६ हजार २ सय ७३ र इरानमा १३ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ।
यस्तै, पेरुमा १२ हजार ९ सय ९८ र रुसमा १२ हजार २ स्य २८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।