लाहोर- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गरेका छन्। शुक्रबार प्रधानमन्त्री खानले सो आग्रह गरेका हुन्। मुस्लिम समुदायको महान पर्व इदको समयमा हुने भीडभाडका साथै अरु पनि सम्भावित जोखिमबाट बच्नका लागि उनले पाकिस्तानका सबै देशबासीलाई आग्रह गरेका हुन्।
उनले इदको समयमा यो भाइरसबाट बच्नका लागि नागरिकले सरलता अपनाउनुपर्ने, बढी भीडभाड र तडक भडक गर्न नहुने भन्दै सबै पाकिस्तानी जनतालाई यसका लागि आग्रह गरेका हुन्।
उनले गत मे महिनामा मनाइएको रामजानका बेलामा धेरै नागरिकले मुखमा मास्क पनि नलगाएका र निकै ठूलो संख्यामा भीडभाडका साथ उपस्थिति हुने गरेको भन्दै यसका कारण संक्रमण बढेकोतर्फ सबैले सोच्नुपर्ने बताए।
त्यसैले आगामी इद पर्वका बेलामा पनि सबै नागरिकले सामान्य जीवनशैली र सरलताका माध्यमबाट पर्व मनाउनेतर्फ लाग्नुपर्नेमा आग्रह गरेका हुन्।
पकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएकाले पनि उनले यस्तो अनुरोध गरेको बताइएको छ। त्यस कारण पनि विश्व स्वास्थ्य संगठनले पाकिस्तानमा नयाँ ढंगको लकडाउन नै अपनाउनुपर्ने सुझाव पनि यसअघिदेखि नै दिँदै आएको बताइएको छ।
यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री खानले पनि शुक्रबार सो आग्रह गरेको बताइएको छ। विश्व स्वास्थ्य संगठनले साउदी अरेबिया, इरान, इराक, पाकिस्तानमा संक्रमणको बढ्दो अवस्था देखिएको भन्दै ती देशहरुमा लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।