काठमाडौं- सरोज अधिकारी र आस्मा विश्वकर्माको अभिनयमा ‘पिरतीको गुन्द्री’ बोलको गीत सार्वजनिक भएको छ। गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वरमा तयार पारिएको गीत कार्टुन क्रुज सार्वजनिक गरेको हो।
गीतमा विष्णु विरही श्रेष्ठका शब्द छन् भने दिपकराज विश्वकर्माले संगीत भरेका छन्।
बिहीबार सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्।
‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडिओमा सरोज र आस्मालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।