काठमाडौँ- जातीय भेदभाव हटाउन लागि पाँच जिल्लामा जातीय भेदभावविरुद्ध साझा अभियान सञ्चालन गरिएको छ।
नेपाल राष्ट्रिय दलित सामजिक कल्याण संगठनले जातीय छुवाछुत हटाउन जाजरकोट, कालिकोट, सुर्खेत, सिरहा र महोत्तरीमा अभियान सञ्चालन गरेको अभियानका कार्यकारी निर्देशक मोहनसिंह सुनारले जानकारी दिए। उनका अनुसार बढी दलित भएको जिल्ला छनोट गरी अभियान सञ्चालन गरिएको हो। ती पाँच जिल्लामा करिब २९ प्रतिशत दलित छन्।
अभियान तीन वर्षसम्म चल्नेछ। युरोपेली सङ्घको सहयोगमा ती जिल्लामा सङ्गठनका सामाजिक परिचालकले जातीय छुवाछुतबारे अभियान सञ्चालन गर्नेछन्। अभियानका क्रममा जातीय भेदभावविरुद्ध विद्यमान कानुनबारे प्रभावकारी रुपमा पैरवी गर्ने, जातीय भेदभाव विरुद्धको कुरा मानवाधिकार हो भन्ने कुरा अभियानका क्रममा बुझाइने उनले बताए।
संगठनका अध्यक्ष त्रिलोकचन्द्र विश्वासले गैरदलितसँग मिलेर जातीय छुवाछुत हटाउन अभियान सञ्चालन गरिने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।