काठमाडौं- सिन्धुपाल्चोकमा बाढी-पहिरो परी बेपत्ता भएका २३ जना अझै फेला परेका छैनन्। बाढी-पहिरोमा परी बेपत्ता भएकाकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ।
अघिल्लो बुधबार रातिको बाढी-पहिरोले बेपत्ता बनाएका बाह्रबिसेको जम्बुका १७ जना, भोटेकोशी–५ बुल्कुर्टेका ३ जना र गत बुधबार घर पुरिँदा भोटेकोशी–४ फुल्पिङकट्टीका २ जना अझै फेला परेका छैनन्। यस्तै गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको अडिट गेट फुट्दा आएको बाढीले मुहानस्थलबाटै बेपत्ता भएका एक जना पनि फेला पर्न सकेका छैनन्।
बुधबार रातिको पहिरोमा पुरिएर बेपत्ता भएका भोटेकोशी–४ फुल्पिङकट्टीका एकै परिवारका ५ जनामध्ये शुक्रबार १४ वर्षकी छिरिङवाङ्गु शेर्पाको शव फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।