काठमाडौं–पूर्वराष्ट्रियसभा सदस्य एवं नेपाली काँग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
कास्कीको मादी गाउँपालिका–२ ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएपछि उनको उपचार भइरहेको थियो। भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्षसमेत रहेका उनका श्रीमती, दुई छोरा र चार छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।