नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीद्वारा प्रकाशित तथ्यांकका अनुसार अहिलेसम्म भारतमा १० लाख ३ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण देखिएको हो। सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमध्ये भारत तेस्रो स्थानमा रहेको छ।
पछिल्लो तथ्यांकअनुसार भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २५ हजार ६ सय २ पुगेको छ भने ६ लाख ३५ हजार ७ सय ५७ जना निको भएर घर फर्किसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरूमा पहिलो अमेरिका र दोस्रोमा ब्राजिल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।