डडेल्धुरा-डडेल्धुराकाे भित्री मधेसमा सलह देखिएको छ। जिल्लाको परशुराम नगरपालिका ७ सादनीमा सलह देखिएको हो।
स्थानीय शिवसुन्दरी सामुदायिक वन उपभोक्त समिति सादनीका अध्यक्ष कालुसिंह साउँदले सलह ठूलो संख्यामा गाउँमा देखिएको जानकारी दिए।
यसअघि परशुराम नगरपालिका ४, कटालमा सलह देखिएको थियो। सलह आएको खबर किसानहरुबाट आफूले पाएको र ठूलो आवाज गरेर भगाउने सल्लाह दिएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले जानकारी दिए।
भारतबाट आएको अनुमान गरिएका ती कीराले बालीमा खासै नोक्सान नगरेको भए पनि आफूले ठूलो आवाज गरेर सलह भगाउने सल्लाह दिएर आएको उनले बताए। सलहको झुण्डले मकै बालीमा क्षति पुर्याएकाे अध्यक्ष कालुसिंह साउँदले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।