काठमाडौं-निजी विद्यालयहरुले ६ महिनादेखि तलब नदिएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले शुक्रबार मानवअधिकार आयोगमा उजुरी दिएको छ।
निजी विद्यालयहरुका संगठनले अनलाइन पठनपाठन बन्द गरी शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने निर्णय गरेपछि युनियनले उजुरी दिएको हो। विद्यालय व्यवस्थापनको पछिल्लो निर्णयले शिक्षकहरुको रोजिरोटी खोस्ने काम गरेको इस्टुले जनाएको छ।
युनियनले ६ महिनादेखि शिक्षक-कर्मचारीले तलब नपाउँदा पनि सरकारले वास्ता नगरेको बताउँदै आयोगलाई समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहितका सरोकारवाला निकायलाई पहल गरिदिन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।