काठमाडौं- एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन्।
केही दिनअघि मात्रै बैंकहरूले साउन १ गतेबाट लागू हुनेगरी उक्त व्यवस्था हटाएको थियो।
कोभिड-१९ को महामारीको समयमा नागरिकको समस्याको महशुस गरी सरकारले लगाएको लकडाउन अवधिभर यो व्यवस्था लागू गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।