काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई विभिन्न सुधिवा दिने भएको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ। राष्ट्र बैंकले शुक्रबार ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जरमा गए सिआरआर आधा प्रतिशत बिन्दु छुट दिने बताएका हुन्। वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने भएको छ।
संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढी उठाउन पाइने छुट दिइनेछ। त्यसैगरी बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ समय नलाग्ने सुविधा पनि दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।