• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जितमा पनि किन खुसी छैनन् ग्यारेथ बेल? 

64x64
ऋग्वेद शर्मा शुक्रबार, साउन २, २०७७  १५:०६
1140x725

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडले ला लिगामा ३४औँ उपाधि जित्यो। एक खेल बाँकी छँदै बार्सिलोनासँग ७ अंकको फरक पारेर उपाधि जितेको मड्रिडका लागि बिहीबार राति उत्सवको समय थियो। सबै खेलाडी खुसीमा थिए। तर त्यहीँ ग्यारेथ बेल भने अपमान लुकाउने मुस्कान छोप्न सकिरहेका थिएनन्। 

कोरोना माहामारीका कारण रोकिएर सुरु भएपछिको लिगमा रियल मड्रिडको खेल राम्रो रह्यो। बार्सिलोनाले अंक गुमाउँदै जाँदा रियल मड्रिड हरेक खेलमा उपाधितर्फ बढ्यो। लिगमा धेरै समय शीर्षमा रहेर पनि पछि परिरहेको बार्सिलोनामा कमजोरीहरु छरपस्ट भइरहेका थिए। जहाँ रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदानले आफ्नो दोस्रो कार्यकाल सफल बनाइरहे। 

त्यसमा जिदानको पछिल्लो योजना महत्वपूर्ण रह्यो। एक समयका उत्कृष्ट खेलाडीहरु जेम्स रोड्रिग्वेज र ग्यारेथ बेललाई समेत मौका नदिइ युवा खेलाडीमाथिको विश्वास जिदानको त्यही योजना अनुरुप हुनुपर्छ। जसले उनले मड्रिड प्रशिक्षकका रुपमा ११औँ उपाधि जिते। 

मड्रिडका लागि लिगको उपाधिको खुसीमा हरेक खेलाडी झुमिरहँदा बेल किन निराश देखिए त? खुसीयाली मनाइरहेका तस्बिर र भिडियोमा बेलको अनुहारमा चमक छैन। प्राय समय उनी समूहबाट छेउमा देखिन्छन् भने सँगै रहँदा पनि खल्लो मुस्कानमा देखिए। टिमका सबैले प्रशिक्षक जिदानलाई हावामा उचालिरहँदा बेल हात बाँधेर छेउमा उभिरहेका थिए। 

गएको हप्ता बेन्चमा रहँदा मुखमा लगाउने मास्कले आँखासमेत छोपेर बसिरहेको तस्बिर पनि सामाजिक सञ्जालमा निकै फैलिएको थियो। यसअघि ग्रानडासँगको खेलमा पनि हात गोलो पारेर आँखामा राखेर दुरबिन जस्तो बनाएको उनको तस्बिर बेखुसीसँग जोडेर नै चर्चा भयो।  

यो सिजन बेल कतिपय समय टिममा नै परेनन् भने टिममा रहँदा पनि प्राय बेन्चमा नै रहे। हरेक पटक आफूलाई प्रमाणित गर्ने अवसर खोजिरहेका बेलका लागि उपयुक्त समय नआउँदै लिग सकियो। लिगमा १६ खेलमा गरेर झण्डै हजार मिनेट जति मैदानमा रहेका बेलका लागि त्यो समय पर्याप्त थिएन। 

रियल मड्रिडका प्रशिक्षक जिदान र बेलबीच चलिरहेको ‘खराब सम्बन्ध’ को चर्चा नयाँ होइन। बेलले पाउने कम अवसर र पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उनको आलोचनासमेत मड्रिड समर्थकहरुमा बढ्यो।  

Ncell 2
Ncell 2

कोरोना माहामारीका कारण रोकिएको ला लिगा सुरु हुने खबरसँगै खेलाडीहरुको अभ्यासमा रहँदा बेलमाथिको आश बढेको थियो। तर त्यो आश पूरा गर्न उनले राम्रो अवसर पाएनन्। 

२०१४ को च्याम्पियन्स लिग फाइनलमा गोल गरेर उपाधि जिताएका बेल पछिल्लो समय हराइरहेका छन्। यसैले पनि अहिलेको अवस्थामा पाउने अवसर उनले उपयोग गर्न सक्छन् भन्ने अनुमान थिए। तर पाएका अवसरमा पनि उनको खेल पहिलेजस्तो चल्न सकेन। त्यसले पहिलेदेखि चिसिएको जिदान-बेल सम्बन्ध अझै सुधार हुन सकेन। रियल मड्रिडले उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रुपमा लिइएको बेलको शैलीले प्रशिक्षकसँगै दर्शक पनि उनीबाट टाढिने खतरा बढ्यो। 

यसैले हरेक सिजन सुरु हुने बेला चर्चा चल्छ- ‘ग्यारेथ बेलको रियल मड्रिड समय अन्त्यतिर पुगेको छ।’ प्रशिक्षक जिनेदिने जिदानले बेललाई क्लबमा देख्न नचाएको देखिए पनि यही सिजन नै बेल बाहिरिएनन्। हुन त बेल र जिदानले रियल मड्रिडका लागि सँगै धेरै जितेका छन्, तर त्यसको प्रभाव जिदानमाथि पर्न सकेको छैन। 

बेल र जिदानको सम्बन्ध एक्कासी बिग्रिएको भने होइन। दिन बित्दै जाँदा अहिले रियल मड्रिड बेञ्चमा बढी देखिने बेलले जिदानको मन किन जित्न सकेनन् त? 

यसलाई बुझ्न २०१८ को च्याम्पियन्स लिग फाइनल खेलमा पुग्नुपर्ने हुन्छ। त्यसबेला लिभरपुलसँगको खेलको ६१ औँ मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए। त्यसअघि १-१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४ औँ र ८३ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई ३-१ ले उपाधि जिताए। 

उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो। यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरे। आफ्नो भविष्यको बारेमा प्रश्न गरे। जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो। त्यसमा जिदानले अझ बल पाए। 

क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो। तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेनन्। अहिले गोलमा बढेर करिम बेन्जेमाले जितको जस बढी पाइरहँदा बेल भने हराइरहेकै छन्। 

रियल मड्रिड प्रशंसकले बनेको क्लब पनि हो। बेलमाथिको धारणा बुझ्दा मड्रिड प्रशंसक के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ। अहिले बेलमाथिको वेवास्ता यति हाबी भइसकेको छ कि उनी हुनु र नहुनुमा प्रशंसक समेत तथस्ट देखिन्छन्। कतिपय उनको आवश्यकता देख्दैनन् भने कतिपय खुलेर केही बताउँदैनन्। 

यो पनि पढ्नुहोस्

रियल मड्रिडले जित्यो ला लिगा उपाधिशुक्रबार, साउन २, २०७७

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ दुई वर्ष बाँकी नै छ। उनले मड्रिडका लागि चार च्याम्पियन्स लिग, अहिलेसमेत दुई ला लिगा, एक कोपा डेल रे, तीन क्लब विश्वकप, तीन युइएफए सुपर कप र एक सुपर कोपा जितेका छन्। 

२०१३ मा टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना उतिबेलै जिदानलाई मन परेको थिएन। पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन। बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे। 

रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने समेत अहिले छायामा परिरहेको छ। यसैले आफ्नो भूमिका नदेखिएको उपाधिमा बेल चाहेर पनि खुसी हुन सकेका छैनन्। उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेको समयमा उनले क्लब छाड्न चाहेनन्। अब नयाँ सिजन यसैगरी दबिएर बस्ने छन् या नयाँ बाटो रोज्नेछन् यकिन छैन।  

गएको वर्ष चाइनिज सुपर लिग क्लब बेइजिङ गोएनले त हप्ताकै एक मिलियन पाउण्ड दिन तयार भइरहेको थियो। यदि त्यसलाई स्वीकार गरेर बेल चीन गएका भए उनी सर्वाधिक कमाउने फुटबलर बन्ने थिए। तर बेलको सोच पैसा कमाउनेमा भन्दा बढी आफूलाई प्रमाणित गर्नेमा देखिन्छ। 

‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ सिजन सुरु हुने बेला जिदानले बेलको सम्बन्धमा यस्तो बताए पनि उनले क्लबको भविष्यसँग मात्रै बेलको खेललाई जोडेको जस्तो भने देखिँदैन। किनभने मैदानमा बेलले खेल देखाउँदा नै पनि जिदान प्रशंसक थिएनन्। 

बेल भर्सेस जिदानको धारणामा दुई भिन्न कोणबाट खबरहरु आउँछन्। बेलायती सञ्चार माध्यममा बेलको भविष्यमा जिदानको खेलवाड जोडिएका छन् भने स्पेनिस मिडियामा कमजोर बन्दै गएको बेलको भूमिका प्रस्तुत गरिएका छन्। यसमा मध्यमा रहेर हेर्ने हो भने दुवैबीच सन्तुलन देख्न सकिन्छ। बेललाई नचाहने जिदानको स्वभाव त देखिएकै छ तर विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुष्ट हुन मिल्ने छैन। 

उपाधिकै हिसाबले हेर्ने हो भने त खेलाडीका रुपमा जिदानले रियल मड्रिडलाई जति दिलाएका छन् त्योभन्दा बढी बेलले जिताएका छन्। मड्रिडबाट बेलले १३ उपाधि जिताएका छन् भने  जिदानले ६ उपाधि जिताएका थिए।

सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए। 

वेल्स राष्ट्रिय टिमबाट खेल्ने उनले इंल्याण्डमा देखाएको भन्दा माथिल्लो स्तरकै खेल स्पेनमा देखाएका हुन्। तर उनी न त जिदानले जस्तो भावनात्मक प्रभाव पार्न सफल रहे न त रोनाल्डोले जस्तो खेल प्रभाव। रियल मड्रिडमा भन्दा वेल्सको राष्ट्रिय टिमबाट खेल्नु आफ्ना लागि ठूलो महत्व र खुसीको विषय हुने बताएका बेलले अब राष्ट्रिय टिममा उही प्रभाव पारिरहन पनि मुस्किल देखिन्छ। अहिलेकै अवस्थाले त उनको मनोबल समेत विस्तारै कमजोर पारिदिएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
नयाँ पार्टी बनाउने मिराज ढुंगानाको घोषणा, वार्ता समिति गठन शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्