• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रियल मड्रिडले जित्यो ला लिगा उपाधि

प्रशिक्षक जिदानको ११औँ उपाधि
64x64
नेपाल लाइभ शुक्रबार, साउन २, २०७७  ०५:४१
1140x725

काठमाडौं- स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। लिगमा एक खेल बाँकी छँदै दोस्रो स्थानको बार्सिलोनाभन्दा सात अंकले अघि रहेर रियल मड्रिडले उपाधि जितेको हो।

बिहीबार राति भएको खेलमा रियल मड्रिडले भिलारियललाई २-१ ले हराउँदा बार्सिलोना ओसासुनासँग २-१ गोलले नै पराजित भयो। ३७ खेल सकिँदा रियल मड्रिडको ८६ अंक छ भने बार्सिलोनाको ७९ अंक छ। रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जेमाले गरे। लिगमा बेन्जेमाको २१ गोल पुगेको छ। ओसासुनाविरूद्ध फ्रिकिक गोल गरेका बार्सिलोना कप्तान मेस्सीको लिगमा २३ गोल छ।

अब अन्तिम खेलमा आइतबार राति रियल मड्रिडले लेगानेससँग साथै बार्सिलोनाले अलाभेससँग खेल्नेछन्। पछिल्लो समय रियल मड्रिडले २०१६–१७ को सिजन लिगको उपाधि जितेको थियो। यो सिजन लिगको उपाधि जितेसँगै रियलले ला लिगाको ३४ उपाधि जितिसकेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

१९२९ मा सुरु भएको ला लिगाको पहिलो उपाधी बार्सिलोनाले जितेको थियो। त्यसयता ९ क्लबले उपाधि जितिसकेका छन्। सिभिल वारले १९३६ देखि ३९ सम्म तीन सिजन रोकिएको बार्सिलोनाले २६ र एथ्लेटिको मड्रिडले १० पटक जितेका छन्।

त्यसबाहेक एथ्लेटिको विल्बाओले ८, भ्यालेन्सियाले ६, रियल सोसिडाडले २ र डिपोर्टिभो ला कोरुना, सेभिया, रियल बेटिसले १–१ पटक लिग उपाधि जितेका छन्। २०१० पछि बार्सिलोनाले ६, रियल मड्रिडले ३ र एथ्लेटिको मड्रिडले १ पटक उपाधि जितेका छन्।

रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदानको यो ११औँ उपाधि हो। २०१६ को जनवरीदेखि २०१८ को मे महिनासम्म र २०१९ मार्चदेखि दोस्रो कार्यकाल परीक्षणमा रहेका जिदानको यो लिगमा भने दोस्रो उपाधि हो। यसअघि २०१६–१७ को उपाधि जित्दा पनि उनी प्रशिक्षक नै थिए।

२०१५–१६, २०१६–१७ र २०१७–१८ मा लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जितेर जिदान सफल प्रशिक्षकको छबी बनाइसकेका थिए। त्यसबाहेक जिदानले आफ्नो प्रशिक्षणमा रियल मड्रिडलाई दुई सुपरकोपा, दुई युइएफए सुपर कप र दुई पटक नै फिफा क्लब विश्वकप जिताइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया?
सम्बन्धित सामग्री
लिभरपुलले अंक खोस्यो लिभरपुलले न्युक्यासल युनाइटेडसँग रोमाञ्चक २–२ को बराबरी खेल्दै एक अंक जोगाएको छ। सोमबार, भदौ ८, २०८३
बार्सिलोनाको उत्कृष्ट सुरुआत स्पेनिस ला लिगाको उपाधि रक्षा अभियानमा बार्सिलोनाले उत्कृष्ट सुरुआत गरेको छ। राफिन्हा र फर्मिन लोपेजले दुई–दुई गोल गरेपछि बार्सिलोना... सोमबार, भदौ ८, २०८३
टोटनहमको खराब सुरुआत यस समरको ट्रान्सफर बजारमा करिब ३० करोड अमेरिकी डलर खर्च गरेर नयाँ खेलाडी भित्र्याएको टोटनहमले ठूलो अपेक्षा जगाएको थियो। तर‚ ब्रेन्टफ... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी सोमबार, भदौ ८, २०८३
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश सोमबार, भदौ ८, २०८३
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया? सोमबार, भदौ ८, २०८३
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग सोमबार, भदौ ८, २०८३
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्