काठमाडौं- सेयर बजारका लगानीकर्ताले एक सातामै ८९ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेका छन्। सूचकमा आएको सुधारले दोस्रो बजारको कुल बजार पुँजीकरण सातामै ५.१ प्रतिशतले सुधार भएको हो। एक सातामै ६३.५ अंकले बजार सुधार हुँदा बजार पुँजीकरण १८ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको हो।
एक साता अघि बजार पुँजीकरण १७ खर्ब ४६ अर्ब रुपैयाँ थियो। लकडाउनपछि खुलेको सेयर बजार पछिल्लो समय लगातार सुधार भइरहेको छ। सूचीकरण भएको केहि दिनमा नै नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा धेरै कारोबार हुने, सबैभन्दा धेरै बजार पुँजीकरण हुने १० कम्पनीभित्र पर्न सफल भएको छ।
कम्पनीको सेयरमा लगानीकर्ताको अधिक आकर्षण देखिदा कम्पनीको कारोबार सबैभन्दा धेरै भएको हो। हाल दोस्रो बजारमा चार खर्ब ७३ अर्ब रुपैयाँको सेयर सूचीकृत छन्।
यो साता समग्र कारोबार ४.५८ प्रतिशतले मात्रै बढेको छ। यो साता ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ। जीवन तथा निर्जीवन बिमा कम्पनीको कारोबार घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।