काठमाडौं-त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुको अवस्था अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ।
कार्यदलले आंशिक प्राध्यापकको तथ्यांक राख्नु पर्ने, त्रिविमा पढाउने कुनै पनि प्राध्यापकको श्रम शोषण गर्न नहुने, समयानुकुल पारिश्रमिक हुनुपर्ने लगायतका सुझावसहित प्रतिवेदन बुझाएको हो।
‘त्रिविले आंशिक प्राध्यापकको तथ्यांक राखेकै रहेनछ,’ कार्यदलका सदस्य राजकुमार पोखरेलले भने, ‘पहिले तथ्यांक राख्न र श्रम शोषण नगर्न प्रतिवेदनमा सुझाव दिएका छौं।’
त्रिविले लकडाउनअघि नै प्राध्यापक विनोद पराजुलीको नेतृत्वमा ‘आंशिक प्राध्यापकको अवस्था अध्ययन’ कार्यदल गठन गरेको थियो। कार्यदलले बिहिबार प्रतिबेदन बुझाएको हो ।
त्रिवि शिक्षाध्यक्ष शिव भुसालले आंशिक प्राध्यापकका माग केही मात्रामा सम्बोधन हुने बताउँछन्। ‘उहाँहरुको पारिश्रमिक थोरै छ त्यसको समयानुकूल परिर्वतन हुन्छ,’ उनले भने, ‘करारमा राख्ने उहाँहरुको माग अहिलेलाई पुरा हुन्न, सेवा आयोग नै लड्नु पर्छ। धेरै वर्ष पढाएको हकमा के हुने त्यो पनि निणर्य गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।