• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नहराउने सम्झना : जित्दा जित्दै चुकेका दिवस

64x64
सराेज तामाङ शुक्रबार, साउन २, २०७७  १३:२३
1140x725

काठमाडौं- स्वर्ण पदकको लागि खेल्न रिङमा जाँदै गर्दा दिवस श्रेष्ठलाई हारको चिन्ता थिएन। उनको दिमागमा एउटै कुरा खेलिरहेको थियो- स्वर्ण पदक। विजयी भावको संकेत लिएर गएका दिवस जित्दा जित्दै हार्न पुगे।

कतिले सफलतामा आफ्ना सपना पूरा गर्छन्। कतिको सपना देखिने गरी सफल हुँदैन। दिवस भने सफल हुँदाहुँदै पनि चुक्न पुगे। मौकामा आफूलाई पूर्ण सावित गर्न सकेनन्। हुन त अन्तर्राष्ट्रिय स्पर्धामा दिवसले आफूलाई प्रमाणित गरेका त हुन् तर उनी आफैलाई लाग्छ- हुनुपर्ने जति भएन। 

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण जित्ने सपना उनको त्यतिबेला चकनाचुर बन्यो, जतिबेला उनी रेफ्रिको चेतावनीपछि ‘डिसक्वालिफाइ’ भए। कराते ८४ केजी तौल समूहमुनि प्रतिस्पर्धा गरेका दिवस एकछिन् अक्क न वक्क भए। बोल्न सकेनन्। मात्र भनिरहे मेरो फोउल होइन उसको (पाकिस्तानी खेलाडी) हो।

‘फाइनल खेलमा रेफ्रि श्रीलंकाको हुनुहुन्थ्यो। उहाँले मलाई अन्तिमको फोउल दिनुभयो। म आफै मागिरहेको थिएँ कि, पाकिस्तानको फोउल भइरहेको। किन नदिएको? उल्टै मेरै फोउल देखाइयो। म डिस्क्वालिफाइ भएँ। पाकिस्तानका खेलाडीले गोल्ड मेडल जित्यो’ दिवसले सम्झिए। 

खेलकुद, त्यसमा पनि कराते। एक सेकेन्ड मै पनि खेलको नतिजा परिवर्तन हुन सक्छ। स्वर्ण पदकको लागि जित्दै गर्दा हार्न पुगेका उनी फेरि यस्तो कहिल्यै नहोस् भन्छन्, ‘सोच्दै नसोचेको र जितिरहेको खेल हार्दा सारै नराम्रो लाग्यो। अझै पनि फेरि एक पटक खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ।’

अन्तिम फोउल उनले पाकिस्तानी खेलाडीलाई समातेको भन्दै पाएका थिए। अरु चाहिँ फोउल रिङभन्दा बाहिर गयो भनेर उनलाई रेफ्रिले वार्निङ दिएका थिए।

अहिले उनीसँग कसैले साग खेलकुदको कुरा गरेमा टोलाएर त्यही खेलको सम्झनामा डुब्छन्। त्यो उनको जीवनको एउटा नरमाइलो क्षण बनेर बसेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

दिवसलाई अहिले लाग्न थालेको छ, त्यो दिन उनको थिएन। खेल मात्रै हैन भाग्य पनि चाहिन्छ कि।

उनी भन्छन्, ‘खेल हो, भाग्य पनि चाहिँदो रहेछ। धेरै कुरा रेफ्रिको हात पनि हुँदो रहेछ। अहिलेसम्म त्यस्तो क्षण भोगेको थिइनँ। रेफ्रिलाई दोष देखाएर पनि हुँदैन। सायद मेरो पनि केही कमिकमजोरी होला।’

भटाभट नेपालले करातेमा स्वर्ण पदक जित्दै गर्दा नेपालको स्वर्ण संख्या पनि बढेको थियो। करातेमा नेपालले कुल १० स्वर्ण पदक जित्दा दिवस भने आफ्नो रजत पदकमै सिमित भएका थिए। देशलाई स्वर्ण दिलाउँदै आफ्ना लक्ष्य पूरा गर्न अघि बढेका दिवसको रजत मै रोकिँदा उनका आखाँ नरसाएको होइन्। मन नरोएको होइन। तर वास्तविकतालाई स्वीकार्न बाहेक केही रहेन।

‘देशलाई स्वर्ण पदक नै जिताउने लक्ष्य चाहिँ पूरा भएन। धेरै दुःखी भएँ’, दिवस सुनाउँछन्, ‘तर स्वर्ण जित्ने खेलाडीले नै दिवसलाई ‘यो तिमीले जितेको खेल हो।’ भनेर सम्बोधन गर्दा उनीमा फिक्का खुशी देखिन्थ्यो। जहाँ हाँसो थियो, खुशी थिएन। साहनुभूति थियो सन्तुष्टि थिएन।

अनुशासनका लागि कराते सिक्दा
१५ वर्षको उमेरमा आमाको करले कराते सिक्न थालेका दिवसलाई यहाँसम्मको यात्रा गर्छु भनेर लागेको थिएन। न उनकी आमा प्रतिमा श्रेष्ठलाई नै लागेको थियो।छोरालाई अनुशासनमा राख्न र नराम्रो संगतमा नलागोस् भनेर दिवसकी आमाले कराते खेलाउन सातदोबाटोदेखि त्रिपुरेश्वरसम्म धाएकी थिइन्।

‘देशको लागि पदक जित्नु र राष्ट्रिय टिममा परोस भनेर मलाई आमाले कराते खेलाउनु भएको होइन। नराम्रो सँगतमा नलागोस् अनुशासनमा रहोस् भनेर आमाले मलाई कराते सिकाउनु भएको हो’, दिवस भन्छन्।

सिक्दै गएपछि दिवसले थुप्रै राष्ट्रिय प्रतियोगिताहरु खेले। सिक्दै जाँदा, खेल्दै जाँदा राम्रो हुँदै गयो। मेडल जित्दै गए। यो कुराले उनलाई झनै उर्जा मिल्दै गयो। 

‘मेडल जित्दै गर्दा त्यो बेलासम्म मलाई राष्ट्रिय टिम के हो थाहा थिएन। राष्ट्रिय टिमका खेलाडी को को हो केही थाहा थिएन’, दिवस थप्छन्, ‘२०१४ को एसियन गेम्सको छनोट हुँदासम्म एसियन गेम्स के हो थाहा थिएन। त्यसको क्रेज के हो बुझेकै थिइनँ।’ 

दिवससँग १३औं सागको जस्तो नरमाइलो क्षण मात्रै छैन। सँधै याद आइराख्ने ‘च्याम्प अफ द च्याम्प’ जित्दासम्मको उमंग पनि छ। 

दुबईमा बुदोकान कप कराते प्रतियोगिता आयोजना भएको थियो। दिवसलाई त्यहाँको स्थानीय डोजोबाट खेल्न निमन्त्रणा आएको थियो। दिवसले आफ्नो तौल समूहमा स्वर्ण जिते। प्रतियोगितामा अर्को उपाधि थियो ‘च्याम्प अफ द च्याम्प’ जहाँ तौल समूहका स्वर्णधारी खेलाडीको प्रतिस्पर्धा थियो। दिवसले ‘च्याम्प अफ द च्याम्प’ उपाधि पनि जित्न सफल भए।

दिवस भन्छन्, ‘आफ्नो तौल समूहमा मैले गोल्ड हाने। त्यसपछि त्यहाँ ‘च्याम्प अफ द च्याम्प’ भन्ने उपाधि थियो। जुन सबै तौल समूहका स्वर्ण विजेताहरुको प्रतिस्पर्धा थियो। यहाँ पनि मैले गोल्ड मेडल हाने। मैले पाएको यो सफलता अहिलेसम्मकै स्मरणीय हो।’

गीतकार आमाका छोरा
दिवसकी आमा प्रतिमा श्रेष्ठ गीतकार हुन्। करातेमा लागेर सँधै शरीर फिट राखेका छोरा। आफ्नै तेस्रो एल्बममा मोडलको खोजिमा रहेकी आमा।

लकडाउनकै क्रममा दिवसकी आमा तेस्रो एल्बम ‘प्रेम प्राथना’ निकाल्ने जमर्कोमा थिइन्। यसकै क्रममा प्रतिमाले म्युजिक भिडियोमा खेल्ने मोडलको खोजि गरिरहेकी थिइन्। 

‘आमालाई अरुले मलाई नै म्युजिक भिडियोमा खेलाउन सुझाव दिनु भएछ। आमाले पनि मलाई खेल्छस त भन्नु भयो। मैले पनि यो लकडाउनको बेला फ्रि नै हुन्छु भनेर हुन्छ भने,’ दिवस भन्छन्।

ए सुनन तिमी राम्रो लाग्यो। अब आएर मन पर्यो के...  भन्ने गीतमा स्वर बविता मानन्धरको रहेको छ। यो गीतको म्युजिक भिडियो अहिले छायांकन सकेर इडिटिङमा छ। अब केही दिनमै सार्वजनिक हुने पनि दिवसले जानकारी दिए।

हाम्रो जस्तो नियति आउने पुस्ताको नहोस्
दिवस आजभोलि निकै सोचिरहन्छन्। लकडाउनले उनलाई निकै सोच्ने बनाएको छ। खेलाडी जीवनले सँधै आफ्नो जिन्दगी पाल्न नसकिने निष्कर्षमा पुगेका छन् उनी।

‘खेल खेलेर आफ्नो जिन्दगी चल्छ भनेर चाहिँ हुँदैन। जिन्दगी राम्रोसँग चलाउन आफ्नो व्यवसाय गर्नु पनि छ। पैसा कमाउनु नै छ’, दिवस थप्छन्, ‘लकडाउनले सबैलाई सोच्न बाध्य बनाएको छ। के गर्ने त अब? सबै उथलपुथल भएको छ। त्यसैले सहि समयमा सहि काम लिएर केही गर्छु।’

नेपाली खेलकुद अन्य देशकोभन्दा धेरै पछि छ। त्यसमा खेलाडीको सेवासुविधा झनै परको कुरा। यस्तो परिस्थितिबाट नेपाली खेलाडीको प्रदर्शन केवल प्रदर्शनमा मात्रै सीमित हुन्छ भन्ने कुरा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले पुष्टि गरिसकेको छ। यो कुरामा दिवस पनि सहमत छन्। दिवसको तर्क छ, ‘यतिका वर्ष खेल्दा हामीलाई साग गेम्समा देशले हेरेको हो। त्यो भन्दा अगाडि त आफ्नै खर्च हुन्थ्यो। आफ्नै लगानीमा बाहिर गएर खेल्नु पर्थ्यो।’ 

कराते संघ आफैमा फुट, प्रशिक्षक आफैमा विवाद। खेलाडी भने सधैँ तनाबमा। यही अवस्थाबाट दिवस पनि आए। खेलमा हुर्किए। उनी राष्ट्रिय टिममा रहेको ९ वर्ष भइसकेको छ। यो अवधिमा करातेमा भएको विवादले खेलाडीमा पारेको असर गनिनसक्नु भएको दिवसको बुझाइ छ।

संघ मात्रै हैन, देशले खेलकुदलाई हेर्ने नजर पनि साँघुरो छ। अन्तर्राष्ट्रिय स्तरमै राम्रो नतिजा ल्याउन त्यही अनुसारको व्यवस्था सरकारले गर्नु पर्ने दिवस भन्छन्, ‘सरकारले करातेलाई मात्रै हैन राष्ट्रिय टिमका सबै खेलाडीलाई निश्चित तलबकै व्यवस्था गर्नु पर्छ। राष्ट्रिय टिमका खेलाडीलाई एउटा स्तरीय सुविधा भयो भने नयाँ पुस्तालाई सकारात्मक सन्देश जान्छ।’

(तस्बिरहरु दिवसको फेसबुकबाट)

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्