सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा खसेको पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गरिँदै। तस्बिर: रासस
सिन्धुपाल्चाेक- सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिराेमा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार आएकाे पहिरोमा परी एकै परिवारका अन्य ३ जना बेपत्ता भएका छन्।
पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेका ५ जना बेपत्ता भएका थिए। बिहीबार राति अवेर पहिराेमा बेपत्ता भएका मध्ये २ जनाको शव फेला परेको हाे। १६ वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमासाङबु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
हिजो पहिराे गएकाे ठाउँमा गएराति थप २ पटक पहिरो गएकाे स्थानीय बुद्धि गुरुङले जानकारी दिए। राति फेरि पहिरो थपिएपछि स्थानीय त्रसित बनेकाे उनले बताए। 'हिजो खोतलेको स्थान पूरै लेदोले पुरिएको छ। खोजीमा संलग्न सेना, प्रहरी, सशस्त्र साँझ फर्के। खोजीकार्य सुरु गर्न गाह्रो भएको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।