काठमाडौं– विदेशमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउन आज (शुक्रबार) १५ वटा अन्तर्राष्ट्रिय उडान तय भएका छन्। कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउनका लागि १५ वटा उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
आज कतार एयरवेजको एउटा जहाजले कतारबाट नेपालीहरु लिएर फर्कँदैछ। ३ वटा जहाज कतार उड्दैछन्। त्यस्तै कुवेतबाट नेपालीहरु लिएर जजिरा एयरका दुई जहाज आउँदैछन्। जजिराकै २ वटा जहाज काठमाडौंबाट कुवेत उड्दैछन्।
बहराइनमा अप्ठ्यारोमा परेका नेपालीहरु स्वदेश फिर्तीका लागि हिमालय एयरलाइन्सका दुई वटा जहाजहरु जाँदैछन्। साउदीको दमामबाट हिमालय एयरलाइन्सका दुई जहाज नेपालीहरु लिएर फर्कँदैछन्। दमामबाट नै नेपाल एयरलाइन्सले पनि नेपालीहरु लिएर फर्कँनेछ। साउदीकै रियादबाट हिमालय र नेपाल एयरलाइन्सका एक/एक जहाजले नेपालीहरु लिएर फर्कँदैछन्।
हालसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानमार्फत् ३० हजार जनाभन्दा बढी नेपालीहरु स्वदेश फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।