काठमाडाैं- सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानहान भएकाे छ। जिल्ला प्रहरी कार्यालयबाट सर्चका लागि गएकाे टाेली र तस्करबीच देवानगञ्ज ३ मा गाेली हानाहान भएकाे हाे।
प्रहरीले दुई जना पक्राउ गरेकाे छ। ५ जनाकाे समूहमा रहेका मध्ये तीन जना भागेका प्रहरीले जनाएकाे छ। प्रहरीले पिन्टु र राजेश भनिने व्यक्ति घाइते पक्राउ गरेकाे छ।
उनीहरुकाे साथबाट एक थान पेस्ताेल, ६ राउण्ड गाेली, २ थान म्याग्जिन बरामद भएकाे सुनसरीका एसपी कामत थापाले जानकारी दिए। प्रहरीले दुई वटा माेटरसाइकल पनि बरामद गरेकाे छ।
तस्करलाई नियन्त्रणमा लिने क्रममा दुवैतर्फबाट १०/१२ राउण्ड फायर भएकाे प्रहरीले जनाएकाे छ। पक्राउ परेका दुई जनाकाे खुट्टमा गाेली लागेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।