काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) विदेशमा अलपत्र श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फर्काउने मन्त्रिपरिषद्को निर्णय, एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएकाको शतप्रतिशत खर्च व्यहोरिने ।
२) ४ हजार ९८१ जनामा गरिएको पिसिआर परीक्षण गर्दा थप १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो, ११ हजार २४९ जना उपचारपछि निको ।
३) अर्थतन्त्रका सूचक सकारात्मक हुँदा हुँदै पनि आर्थिक वृद्धिमा दबाब प¥यो – अर्थमन्त्री, सत्तारुढ दलहरुबाटै सरकारको आलोचना, मन्त्री भन्छन्– ५ वर्षमा देखाउने कुरा थुप्रै छन् । ४) बिल गेट्स, बराक ओबामालगायत विश्वका ठूला कम्पनी युबर र एप्पलको ट्वीटर अकाउन्ट ह्याक, ह्याकरले मागे बिटक्वाइन फिरौती, ट्वीटरद्वारा घटनाको अनुसन्धान जारी ।
५) र, इटालियन ‘सिरि ए’मा युभेन्टसले सासुओलोबीच ३–३ गोलको रोचक बराबरी, दोस्रो स्थानको एटलान्टाकोसँग ७ अंकको दूरी बनाउदै युभेन्टसको ३३ खेलबाट ७७ अंकसहित शीर्ष स्थानमा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।