• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यातायात व्यवसायीलाई प्रधानमन्त्रीदेखि विपक्षी नेतासम्मको आश्वासन, तर कहिलेदेखि चल्ने टुंगिएन

64x64
नेपाल लाइभ बिहीबार, साउन १, २०७७  १६:१२
1140x725

काठमाडौं- यातायात व्यवसायीहरुले साढे तीन महिने लकडाउन खुकुलो बनाउँदै सरकारकाले गरेको निर्णयअनुसार सार्वजनिक यात्रुबाहक सवारी चलाउन नसकिने घोषणा गरे। उनीहरूले लकडाउनको अवधिमा थन्किएर बसेका सवारीको मर्मत, बैंकबाट लिइएको कर्जा ब्याक मिनाहा, पुनर्कर्जाको सुविधा, चालक तथा सहचालकको बिमा र सवारी सञ्चालन गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपर्ने माग राखे। 

सरकारले व्यवसायीहरुसँग छलफल नै नगरी अकस्मात सार्वजनिक यात्रुवाहक सवारी चलाउन दिने निर्णय गरेकोमा उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए। केही कम्पनीहरुले उपत्यकाको रिङरोडमा बस चलाउन थालेपनि अधिकांश व्यवसायीहरुले बस चलाएका छैनन्। 

सुरुमा व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसँग भेटेर आफ्नो कुरा राखेका थिए। त्यसपछि उनीहरु बहालवाला तथा सबै पूर्वप्रधानमन्त्रीहरु भेटिरहेका छन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन्। यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर तीनवटा मजदुर संगठन र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताएका थिए। तथापि सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको सहभागी महासंघका एक प्रतिनिधिहरुले बताए। 

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहासँग भेट गरेका थिए। दाहाल निवास पुगेर व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए। भेटका क्रममा  दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए।

‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन्। कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ’, उनले भने, ‘यहाँ पनि यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ।’ दाहालले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनर्कर्जा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषय राज्यले तुरुन्तै गरिदिनुपर्ने बताए।

Ncell 2
Ncell 2

त्यस्तै व्यवसायी र मजदुरको टोलीले बुधबार कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। भेटका क्रममा देउवाले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या समाधान लागि पार्टीका तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्ने बताएका थिए। 

उनले लकडाउनका कारण व्यवसायी र मजदुरले भोगेका समस्या समाधानका लागि कांग्रेसका तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। ‘व्यवसायी र मजदुरका समस्याबारे हामी गम्भीर छौं। समस्या समाधानका लागि सक्दो पहल हुनेछ’, देउवालाई उद्धृत गर्दै भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने।

‘हामीले प्रधानमन्त्रीलाई समेत भेटेर ध्यानाकर्षण गराएका छौं,’ सिटौलाले भने, ‘बुधबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई र बिहीबार पुष्पकमल दाहाललाई भेटेर व्यवसायी र मजदुरको तर्फबाट कोरोनापछि देखिएको यातायात क्षेत्रको समस्याबारे ध्यानाकर्षण गरायौं।’ बिहीबार नै अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने र शुक्रबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई भेट्ने तय भएको सिटौलाले जानकारी दिए। 

व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीदेखि विपक्षी दलका नेतासम्मले समस्या समाधानका आश्वासन दिएका छन्। तर सार्वजनिक बस कहिलेदेखि चल्छ भन्ने टुंगो लागेको छैन। यातायात व्यवस्था विभागले बुधबार व्यवसायी, मजदुर, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधि राखेर सार्वजनिक सवारी चलाउँदा अपनाउनुपर्ने मापदण्डको बारेमा छलफल गरेको थियो। 

व्यवसायी तथा मजदूरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकको कोरोना बिमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिईको व्यवस्था मिलाउन माग गरेका छन्।

उच्च स्तरीय भेटघाटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायत सहभागी छन्।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह
आज साँझ यमदीपदान गरिँदै
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह शनिबार, कात्तिक १, २०८२
आज साँझ यमदीपदान गरिँदै शनिबार, कात्तिक १, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्