काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको भोटेकोसी ४ मा गए राति खसेको पहिरोमा २ जनाको मृत्यु र ३ जना बेपत्ता भएको खबरले आफू दुःखी भएको जनाएका छन्।
उनले मृत्यु भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।